रोगको प्रमुख स्रोत नै खाना रोग नै लाग्न नदिन के गर्ने ?



भगवती तिमलन्सिना,

तपाई हामीले दैनिक भान्छामा बनाउने परिकार कतै शरिरका लागि विष त बन्दै छैन ? हो हामीले चट्ट मीठो मानेर टक्क जिब्रो पड्काउँदै खाएका खानेकुरा नै हाम्रो शरीरका लागि विषादी पनि बन्न सक्छ भन्ने कुरा अमेरिकाको हार्डबर्ड विश्वविद्यालयका प्रोफेसर अर्थात् अनुसन्धानकर्ता डना स्पीगेलम्यान र काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता डा.अर्चना श्रेष्ठको धारणाबाट बुझौं।

उहाँहरूको समँहले वर्षौं लगाएर गरेका अनुसन्धान र व्यावहारिकरूपमा परिवर्तनका लागि थालनी गरेका योजनाहरू नेपाल मात्र नभई विश्वका १४ वटा मुलुक साक्षी छन्। मानिसको सुन्दरता नै सबैभन्दा ठँलो धन हो र सुन्दरता अनुहारले होइन स्वस्थताले दिन्छ। जो मानिस स्वस्थ र स्फँर्त छ उसैले मात्र सुन्दरताको पहिचान दिन सक्छ। स्वस्थताले नै सुन्दरताको पहिचान दिन्छ यसका लागि घर–घरका भान्छाबाटै सुधार ल्याउनु जरुरी छ।

पछिल्लो समय मानव शरीरमा देखा परेका सर्नेभन्दा नसर्ने रोग अर्थात् स्वास्थ्य समस्याको मँल माध्यम खानपान नै भएको विभिन्न समयमा गरिएको अनुसन्धानले प्रमाणित गरिसकेको छ। विश्वमा नै गुणस्तरीय खानाको सहीरूपमा प्रयोग नहुनु मँल कारण भएको अमेरिकास्थित हार्डबर्ड विश्वविद्यालयले गरेको अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ।

विश्वव्यापीरूपमा रोगको प्रमुख माध्यम खानासँग सम्बन्धित भएको नेपाली खानाको विषयमै पीएचडी गर्नुभएकी डा. अर्चना श्रेष्ठ बताउनुहुन्छ। उहाँले काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलमा सन् २०१३ मा धुलिखेलका एक तिहाई घर छनोट गरी १ हजार ७२ जनामा नेपाली खानाको विषयमा अनुसन्धान गर्नुभएको थियो।

अनुसन्धानका क्रममा समेटिएका व्यक्तिहरूले नियमित सेतो चामलको भात र रातो मासु बढी खाने गरेको पाइएको थियो। ती व्यक्तिहरूमा मधुमेह, उच्च रक्तचाप र मोटोपनाका कारण स्वास्थ्य समस्या बढी भएको देखा प¥यो। यो जनस्वास्थ्यका लागि निकै नराम्रो तथा दीर्घकालीन जटिल समस्या बन्ने ठहर गर्दै श्रेष्ठले थप अध्ययन अनुसन्धान गर्ने निर्णयमा पुगेको बताउनुभयो।
उहाँले नेपालमा बढ्दोरूपमा देखा परेको स्वास्थ्य समस्याको मँल माध्यम दैनिक खानेकुरा भएको पहिचान गरी अमेरिकास्थित हार्डवर्ड विश्वविद्यालयमा गई थप अध्ययन अनुसन्धान गर्ने निर्णय गर्नुभयो। उहाँको यो निर्णयलाई हार्डवर्ड विश्वविद्यालयको अनुसन्धान टोलीले साथ दिँदै आएको छ।

डा. श्रेष्ठले आफ्नै कार्यथलो धुलिखेल अस्पतालको चमेनागृहमा बनाइने खानेकुरालाई गुणस्तरीय बनाएर आफ्नो अनुसन्धानको पाटोलाई सकारात्मकरूपमा प्रयोगमा ल्याउने निधो गर्नुभयो। यो निर्णयको धुलिखेल अस्पतालका साथै हार्डबर्ड विश्वविद्यालयको समँहले स्वागत गर्दै सघाउने निर्णय ग¥यो। सन् २०१७ को डिसेम्बर ३ देखि धुलिखेल अस्पतालको चमेनागृहमा सेतो चामलको भात, मैदाबाट बन्ने परिकार र चिसो पेय पदार्थ, कोक, फन्टाजस्ता खानेकुरा पाइन्न। यहाँ पेय पदार्थको सट्टा परिवर्तित र स्वस्थ खानेकुरा पाइन्छ। धुलिखेल अस्पतालको चमेनागृहमा चिकित्सक कर्मचारी मात्र नभई दैनिकरूपमा अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीले समेत अस्पतालकै सोही चमेनागृहमा बनाएका खाना, खाजा खाने गर्दछन्।

चमेनागृहको खानेकुरा परिवर्तन गराउनका लागि डा. अर्चनाको समँहलाई त्यति सजिलो थिएन। दैनिक खानामा प्रयोग गरिँदै आएको सेतो चामल हटाएर खैरो चामल (धानको बोक्रा मात्र खुइल्याएर नफलेको) स्वास्थ्यका लागि अत्यन्तै लाभदायी हुन्छ। फलेर सेतो बनाएको चामल आँखाले हेर्न मात्र राम्रो हुने र स्वास्थ्यका लागि हानिकारक हुन्छ। सेतो चामलमा विशेष गरी गुलियो चिनीको मात्रा बढी हुने हुनाले मधुमेह, उच्च रक्तचाप, मोटोपना, मुटुको रोग, क्यान्सरजस्ता रोगको चाप दिनप्रतिदिन बढ्दो मात्रामा देखिएको छ। यसका साथै हामीले मीठो मानेर खाने गरेका मम, समसा, चाउमिन, निम्की, बिस्कुट, कुकिजलगायतका खानेकुरा पनि मैदाबाट बन्ने हुनाले माथि उल्लेख गरिएका रोगका मँल स्रोतका माध्यम यिनै खानेकुरा बन्दै आएका छन्।

अब के यी कुनै पनि परिकार नखाने त ?
होइन यी सबै परिकार गहुँको पिठोबाट नबनाएर खान सकिन्छ। गहुँकोे दानामा हुने बाहिरीभन्दा भित्री बोक्रा नफाली त्योसहित पिधेको पिठोबाट माथिका सबै परिकार बनाउन सकिन्छ। केक, पाउरोटी, बम, डुनोटलगायतका खानेकुरा अहिलेसम्म मैदाको पिठोबाट नै बनाइन्छ। मैदामा चिनीको मात्रा बढी हुने हुनाले शरीरमा एकैपटक आवश्यकताभन्दा बढी मात्रामा चिनी प्रवेश गर्दा मधुमेह, उच्च रक्तचाप, मोटोपना, क्यान्सरजन्य रोगले ठाउँ लिन थाल्छ। यिनै खानेकुराका कारण पछिल्लो समय के बच्चा, के युवा, के वयष्क सबै उमेर समँहमा उच्च रक्तचाप, मधुमेह, मोटोपन, हृदयरोग र क्यान्सर व्याप्त भएको पाइन्छ। यसलाई सुधार्न हरेक घरका भान्छामा पाक्ने खानेकुरा स्वस्थ हुनुका साथै कार्यस्थलका चमेनागृहदेखि, होटल, रेस्टुरेन्टले पनि खानाका परिकारमा प्रयोग गर्दै आएको चामल र पिठोमा परिवर्तन गरी नेपाली जनताको स्वास्थ्यमा ध्यान दिन डा. श्रेष्ठले अभियान नै थालनी गरिसक्नुभएको छ।

बढी मात्रामा जनघनत्व रहेका शहर, अफिस, खाद्यान्नमा प्रयोग हुने कच्चापदार्थ उत्पादन गर्ने कल, कारखाना, साना, ठँला उद्योगसमेतमा जनचेतनाका लागि आफ्नो टोलीले भिजिट गरी स्वस्थ उत्पादनका लागि प्रस्ताव अघि सार्ने अभियान नै अघि सार्ने कार्यक्रम रहेको डा. श्रेष्ठ बताउनुहुन्छ।

सर्नेभन्दा नसर्ने रोगको मँल स्रोत भनेकै खानपान भएकाले यसको न्यँनीकरणका लागि आफँ र आफ्नो समँह सक्रियताका साथ लागिपर्ने डा. श्रेष्ठ बताउनुहुन्छ। शुरूका दिनमा खैरो चामल, खैरो पाउरोटी धुलिखेलका बजारमा नपाउँदा हाम्रो समँहले चामल मिल, पाउरोटी कारखानामा गएरै सञ्चालकहरूसँग अस्पतालका लागि खैरो चामल र खैरो पाउरोटी आटाको पिठोबाट बनाइदिन आग्रह ग¥यांै। अहिले अस्पतालमा मात्र होइन, बजारमा पनि यो चामल र पाउरोटी सर्वसाधारणले पनि प्रयोग गर्न थालेका छन्। स्वास्थ्यप्रति सचेत व्यक्तिले स्वादमा होइन स्वास्थ्यमा ध्यान दिन्छन्। स्वास्थ्यका विषयमा हरेक व्यक्तिले ध्यान दिनुपर्छ। खानेकुरा नै रोग हो र त्यसलाई मिलाएर खान सके औषधि पनि हो। यी खानेकुरा रोग लागेका मान्छेले मात्र होइन, रोग नै लाग्न नदिनका लागि खानुपर्छ।
त्यसो भए अब खाना

कसरी खाने त ?
पहिलो छनोट अर्गानिक खानेकुरामा हुनुपर्छ। एकपटकमा एक अँजुलीभन्दा बढी खाना खानुहुन्न। हामीले पछिल्लो समय पौष्टिक तŒव फालेका खानेकुरामा जोड दिएकै कारण बढी रोगी भएका हौं। पहिला पहिला चामलभन्दा बोक्रासहितको अर्गानिक र शुद्ध पिठोको प्रयोग हुन्थ्यो। उत्पादनका लागि शारीरिक परिश्रम पनि त्यतिकै हुन्थ्यो। अहिले देख्दा राम्रो र जिब्रोको स्वादका लागि मात्र खाना खाने र बढी विलासीनताको जीवन बिताउँदा शरीर दिनप्रतिदिन कमजोर र रोगी बन्दै छ।

यसका लागि जनचेतनाको खाँचो स्पष्ट देखिन्छ। त्यसैले खाना खाँदा थालमा तीन भागको एक भाग हरियो तरकारी सागसब्जी, पँरा अन्न भात, ढिडो, रोटी, चिउरा जे भए पनि एक चौथाई मात्र, स्वस्थ प्रोटिनयुक्त दाल, गेडागुडी, अण्डा, मासुमध्ये एक चौथाई र फलफँल, सलाद आधा चौथाई खानाले शरीरलाई निरोगी र स्वस्थ बनाउन सकिने अनुसन्धानले देखाइसकेको छ। यसका साथै नुनको मात्रा दिनमा एक चम्चा अर्थात् ५ ग्राम मात्र मानव शरीरका लागि आवश्यक पर्छ। बढी गुलियो, पेय पदार्थ, कोक, फान्टा खानै हुँदैन, यसले शरीलाई थप रोग निम्त्याउने काम गर्छ।

डा. श्रेष्ठ भन्नुहुन्छ– ‘सेतो पिठो र चामलबाट तत्काल सुगर बन्छ र बिस्तारै मानिसको शरीरमा रोगले घर बनाउन शुरू गर्छ। रातो मासु मनपर्छ भनेर धेरै खानु हुन्न। मासु खाँदा सकेसम्म कुखुरा र माछा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ। मममा पनि बोसो नभएको मासु राख्ने, भेजिटेबलमा आलुभन्दा बन्दाको मात्रा बढी राख्ने, समसामा पनि आलुको सट्टा काउली, भन्टा र बन्दा राखेर छुट्टै स्वादमा तेलमा बढी खार्नुभन्दा मम बनाए जस्तै गरी उमालेर खाएमा स्वास्थ्यलाई फाइदा हुन्छ। यतिबेला धुलिखेल अस्पतालको चमेनागृहमा यिनै खानेकुरा मात्र पाइन्छ । मैदाबिनाका केक, खैरो पाउरोटी, बम पाइन्छ। यहाँ आटाबाट बनेका खैरो परिकार मात्र पाइन्छ। यी खानाले शरीरको तौल कम गर्नुका साथै निरोगी बनाउँछ। यो अमेरिकाको हार्डबर्ड विश्वविद्यालयमा भएको अनुसन्धानले निकालेको निष्कर्षका आधारमा नेपालमा पनि लागँ गर्ने अठोट गरेका हौं।’

यो अभियान नेपालमा कहाँ कहाँ लागँ गर्नुभएको छ ?
धुलिखेल अस्पतालको चमेनागृहमा झण्डै १० महिनादेखि शुरू गरेका छौं। हुलास वायर इन्ड्रस्ट्रिज, प्रगति टेकसटायलमा पनि शुरू गर्दै छौं। खानासँगै नेपालमा पनि विदेशमाजस्तै मादक पदार्थ र सँर्तिजन्य पदार्थ खरिदमा परिचयपत्र अनिवार्य गरी कडाइ गर्नुपर्छ अनिमात्र जनस्वास्थ्यमा सुधार आउँछ।

नेपाली जनता आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै छन् भन्ने धरानको भाटभटेनी सुपर मार्केटमा खैरो पाउरोटी आउनासाथ सकिने र खैरो चामलको माग पनि बढ्दै जानुले देखाउँछ। धुलिखेलको हिमालय बेकरीले अहिले खैरो पाउरोटी नै बढी उत्पादन गर्छ र कारखानामै उपभोक्ताहरू आएर खरिदसमेत गर्छन् र बजारमा पनि पाइन्छ।

परिवर्तन कसरी गर्ने ?
हामीले ६ महिनाको हुँदादेखि सेतो चामल, बढी चिनीको प्रयोग गर्दै आएका कारण थाहा पाएर पनि जिब्रोलाई नयाँ स्वादमा बानी पार्न ६ हप्ता लाग्छ। लगातार ६ हप्तासम्म फरक स्वादमा बानी पारेपछि मात्र नयाँ खानाको स्वाद जिब्रोले स्वीकार्ने भएका कारण शुरूमा मानिसलाई परिवर्तन गर्न समय लाग्छ। धुलिखेल अस्पतालमा एक वर्ष हुन लाग्यो राम्रो चलेको छ। यो अभियान नेपाल भारत, चीन, अमेरिका, ब्राजिल, कोस्टारिका, केनिया, कुवेत, मलेसिया, म्याक्सिको, नाइजेरिया, पोटरिको, तान्जेनिया, इरानसहित १४ मुलुकमा हार्डबर्ड विश्वविद्यालयको अनुसन्धान समँहको निगरानीमा नै थालनी भइसकेको डना बताउनुहुन्छ।

प्रोफेसर डना विगत ८ वर्षदेखि हार्डबर्ड विश्वविद्यालयमा रही स्वस्थ खाना खानका लागि मानिसलाई कसरी सम्झाउने भन्ने अभियानमा लाग्नुभएको छ। उहाँको समँह हरेक २ महिनामा एकपटक हरेक देशमा पुग्न नसके पनि भिडियो मिटिङ गरेर १४ वटै मुलुकका प्रतिनिधिसँग छलफलमा जुट्नुहुन्छ। यतिबेला उहाँ नेपालमा हुनुहुन्छ। नेपालमा रहँदा पनि उहाँले आफ्नो नियमित मिटिङलाई निरन्तरता दिएको बताउनुहुन्छ। मानिसलाई परिवर्तन गर्नु निकै ठँलो चुनौतीको विषय हो तर प्रयास गरे अवश्य सम्भव छ भन्दै लागिपर्नुभएको छ।

उहाँ भन्नुहुन्छ– ‘नेपाल वातावरणीय दृष्किोणले अत्यन्तै राम्रो मुलुक हो। यो मुलुकमा कहीं पनि नपाउने सुन्दर हिमाल, पहाड, तराई, जडिबुटी र सधंै हसिला मान्छे छन्। यही समुदायले विकास गरेका विभिन्न कला र संस्कृतिले अझ थप सुन्दरता दिएको छ। कला र संस्कृतिको धनी मुलुकको नाम नै नेपाल हो। यहाँका जनताले आफ्नो स्वास्थ्यमा ध्यान दिएर सधैं खाने खाना स्वस्थ र अर्गानिक हुनुपर्छ। कहिलेकाहीं रमाइलोका लागि बिदा, चाडपर्वमा आफँलाई मनपर्ने माछा, मासु, हल्का पेय पदार्थ, खानेकुरा थोरै खान हुन्छ तर नियमित त्यस्ता खानेकुरा खानु हुन्न।

खाद्य विज्ञद्वयको अनुभवले नेपालीहरूको खानपान, व्यायाममा परिवर्तन गर्नुका साथै के खान हुन्छ र के खान हुन्न भन्ने ज्ञान हरेक नेपालीमा हुनुपर्ने देखिन्छ। यसका लागि नेपालको स्वास्थ्य नीति मात्र नभई खाद्यपदार्थ र नीति नियमको पालना भए नभएको अनुगमन र कार्यान्वयनमा कडाइको खाँचो रहेको पाइन्छ।

 

प्रतिक्रिया दिनुहोस्