अर्वपतिको हत्यासम्बन्धी मुद्धा शुरु



पेरिस,(एजेन्सी)
फ्रान्सको दक्षिण भागमा रहेको एउटा अस्पताल बाहिर चार वर्ष अघि अर्वपति हेलेने पास्तोर र उनका ड्राइभरलाई गोली हानी मारिएको घटनापछि पहिलो पटक सोमवार उनका ज्वार्ई र अन्य नौजना विरुद्ध हत्याका ेमुद्धा चलाइएको अदलती सुत्रले जनाएके छ ।

फ्रान्सको निसेमा ७७ वर्षिया हेलेनेको हत्या भएपछि मोनाकोको राजतन्त्रको उत्तराधिकारी परम्परामा समेत असर पारेको थियो । उनी मोनाकोको शाही परिवारका मित्र हुन् ।

उनको हत्याका लागि उनकै ज्वाइँ वोजसियक जानोवोस्कीले नै निर्देशन दिएको अनुसन्धानकर्ताहरुले बताएक छन् । आत्मसमर्पण गराइनु अघि नै उनले आफ्नो अपराध कवुल गरेका थिए । उक्त हत्याकाण्डकोबेला जानोवोस्की पोल्यान्डका लागि मोनाकोको सम्मानित कन्सुल रहेका थिए ।

तर अहिले ६९ वर्ष उमेर पुगेका उनले यसै वर्षको शुरुमा कारागारबाट एउटा स्थानिय पत्रिकालाई आफुलाई दोषि ठहराउने षडयन्त्र भइरहेको बताएका थिए । उनका वकिलहरुले पनि महत्वपुर्ण अनुसन्धानको क्रममा उनले कुुनै पनि कानुनी सहयोग नपाएको बताएका छन् । मोनाकोमा हेलेने ग्रिमादी शाही परिवार पछि दोश्रो दर्जामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्