संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जाँदै



काठमाडाैं । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनि यही असोज ६ गते अमेरिका जान लागेका हुन् ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ ७३ औं महासभा आजबाट शुरु भएको हो । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर त्यसतर्फ जाने तयारीमा छन् ।

बैठकलाई विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्