विवाह प्रस्ताव स्विकार्दा जागिर चट



बेइजिङ (एजेन्सी)
चीनमा आफनो प्रेमीले राखेको विवाहको प्रस्ताव स्विकार गर्ने एक एयर होस्टेसले आफनो जागिर गुमाउनु परेको छ । उडानमा रहेको विमानमै प्रेमीले राखेको उक्त प्रस्ताव उनले स्विकार गरेकी थिइन् ।

गत मेमा चाइना इस्टर्न एयरलाइन्समा यात्रा गरिरहेका एयर होस्टेसका प्रेमीले घँुडा टेक्दै विवाहको प्रस्ताव राख्दा उनले अस्विकार गर्न सकिनन् र प्रस्ताव स्विकार गरेकी थिइन् । उक्त समाचार बाहिर आएपछि एयरलाइन्सले कडा रुपमा प्रस्तुत हुँदै एयर होस्टेसलाई सेप्टेम्बरलाई जागिरबाट निकाले ।

एसिया वनको समाचार अनुसार विमानले उडान भरेको ३० मिनेटपछि प्रेमी उनको अगाडी उभेका थिए र घुँडाले टेक्दै उनलाई प्रस्ताव गरेका थिए । उक्त घटनाको भिडियो भाइरल भइरहेको छ । कम्पनीले एयर होस्टेसलाई बर्खास्त गर्नुमा कामको बेला भएको रोमान्सले यात्रीहरुमा होहल्ला मच्चिएको र यात्रीहरुको सुरक्षालाई लिएर यो अत्यन्तै गैरजिम्मेवारी ब्यवहार भएको उलखे गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्