नाइजेरियाको बाढीमा एकसयको ज्यान गयो



अवुजा ,(एजेन्सी)
नाइजेरियाको दुईवटा प्रमुख नदीका बाँधहरु अचानक भत्किँदा सोमवार एकसय जना भन्दा बढि मानिसको ज्यान गएको स्थानिय प्रशासनले जनाएको छ । राष्ट्रिय आपतकालिन व्यवस्थापन निकाय ( नेमा ) ले भिषण वर्षाको कारण नाइजर र बेन्य नदीमा बाढी आएको जनाएके छ ।

दुईसाता भित्र यस बाढीको कारण नाइजेरिया भरि नै प्रभाव पारेको भएतापनि ग्रामिण क्षेत्र बढि प्रभावित भएको जनाइएको छ । सरकारल ेबाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित गन्तव्य तर्फ जान आग्रह गरेको छ ।

राजधानी अवुजा स्थित वीवीसीका पत्रकार इसाक खालिदले मध्य र दक्षिणी नाइजेरियाका हजारौ व्यक्ति विस्थापित भएको तथा ठूलो परिमाणमा खेतबाली नष्ट भएक ेबताएका छन् । बाढीबाट सबैभन्दा बढि नाइजर राज्य प्रभावित भएको छ । नेमाका निर्देशक मुस्तफा युनुसा माइहाजाले यस राज्यमा चालिस जना भन्दा बढिको ज्यान गएको वीवीसीलाई जानकारी दिएको छ ।

बाढीबाट प्रभावित हुने अन्य एघारवटा राज्यमा क्वारा , बेन्यु , कोगी , आदामावा , तारावा , केब्बी , बोयल्सा , एडो , अनाम्व्रा , रिभर्स र डेल्टा रहेका छन् । नायजेरियाली सरकारले संकटकाल स्थिती लागु गर्नेबारे सोचिरहेको छ भने भिषण वर्षा अझै जारी रहेकाले केहि दिन वा साता सम्म थप बाढी आउनसक्ने पनि अनुमान गरेको छ ।

नाइजेरियामा झण्डै प्रत्येक वर्ष जस्तो भिषण बाढी आउने गरेको छ । विशलेषकहरुले उचित शहरी परियोनाका ेअभाव , जलमार्गमा देखापरेको अवरोध तथा कमसल ढल व्यवस्थाको कारण बाढीको प्रकोप बढिरहेको बताएक छन् ।

प्रतिक्रिया दिनुहोस्