अमेरिका: करको चेतावनी



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आफनो ब्यापार युद्धको बक्तब्यलाई अगाडी बढाउँदै सोमबार अमेरिकासँग स्वच्छ लेनदेन नगर्ने राष्ट्रहरुलाई अक्तिरिक्त कर लाग्ने चेतावनी दिएका छन् । यसअघि नै चीनसँग ब्यापार युद्धमा तल्लिन अमेरिकाले सोमबार सम्ममा २ खर्ब डलरको चिनियाँ सामानहरुमा भन्सार सुल्क लगाउने अनुमान गरिएको छ ।

यो नयाँ चरणको अतिरिक्त करले अमेरिकीहरुको दैनिक सामानको मुल्यमा बृद्धी हुने धेरैजसो अमेरिकी ब्यवसायीले चेतावनी दिएको छ । यो बेबीसिट देखि बाइकसम्मको मुल्यमा बृद्धी हुने अनुमान गरिएको छ । अमेरिका र चीनबीचको सम्बन्ध तनावपुर्ण रहेको बेला ट्रम्पको उक्त बक्तब्य आएको हो ।

प्रतिक्रिया दिनुहोस्