दक्षिण कोरिया: मुनको भ्रमणको तयारी



सोल (एजेन्सी)
दक्षिण कोरियाका ९३ अधिकारीको एक टोली उत्तर कोरिया प्रस्थान गरेको छ । दक्षिण कोरियाका राष्टपति मुन जे इन र उत्तर कोरियाका किम जोंग उन बीचको आगामी बैठकको तयारीलाई लिएर उक्त भ्रमण भएको बताइएको छ । राष्टपति मुन मंगलबार देखि विहिबारसम्म प्योङयाङको भ्रमणमा रहनेछ ।

यो उनको किम जोङ उनसँगको तेस्रो वार्ता हुनेछ । दक्षिण कोरियाका ९३ सरकारी अधिकारीको टोली १९ वटा बसबाट सीमा पार गएका थिए । यसमा उद्यमी तथा संवाददाताहरु पनि समावेश गरिएको छ । उत्तर कोरियामा उक्त बैठकलाई लिएर अखबारहरुमा ब्यापक समाचारहरु प्रकाशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्