अष्ट्रेलिया: स्ट्रवेरीमा सियो



सिडनी,(एजेन्सी)
अष्ट्रिेलियाली सरकारले स्ट्रवेरीहरुमा लुगा सिउने सियोहरु फेलापरेको घटना माथि गम्भीर छानविन गर्न सोवार आदेश दिएको छ । यस घटनाले अष्ट्रेलियालीहरु निकै सन्त्रसित बनेका छन् ।

अष्ट्रेलियाका छ वटा राज्य र क्षेत्रमा यस्ता स्ट्रवेरी फेला परेको स्थानिय संचार माध्यमले जनाएको छ । एकजना मन्त्रीले यो जटिल अपराध भएके बताएका छन् । यस्तो सियो रहेको स्ट्रवेरी खाएर घाइते भएका एक व्यत्तिलाई अस्पतालमा भर्ना गरिएको छ । संभावित खतरा प्रति सतर्कता अपनाउँदै न्युजिल्यान्डका थुपै्र पसलले अष्ट्रेलियाबाट आयातित स्टवेरीको बिक्रि रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्