जेष्ट ब्याडमिन्टन बुधबारदेखि



काठमाडौं, (नेस)
जेष्ट एकेडेमीको आयोजनामा तेश्रो जेष्ट खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि हुने भएको छ । बसुन्धारामा हुने प्रतियोगितामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।

सबै स्पर्धामा मिलाएर २ सय १९ खेलाडीको सहभागिता रहनेछ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ३ लाख ८० हजार रुपैयाँ रहेको छ । प्रतियोगिता असोज ७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्