मलेसियामा टी २० विश्वकप छनोट हुँदै



काठमाडौं, (नेस)
यही असोजको दोस्रो सातादेखि टी २० विश्वकप छनोट खेलहरु आयोजना हुँदैछ । मलेसियामा असोज १७ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा नेपालको पनि सहभागिता हुनेछ । नेपालले एसिया पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष ३ टोलीले दोस्रो चरणको छनोटमा यात्रा गर्नेछन् ।

नेपालको दोस्रो चरण पुग्ने संभावना बलियो छ । यसैले नेपालले दोस्रो चरणमा पहिल्यै छनोट भएर आएका टोलीहरु युएई, कतार र कुवेतसँग खेल्नेछ । यस चरणका ६ टोलीको प्रतिस्पर्धाबाट शीर्ष २ टोलीले अन्तिम चरणको छनोट खेल्न पाउनेछ । अन्तिम चरणमा एसिया, अफ्रिका र अमेरिका महादेसबाट २÷२ टोली छनोट भएर आउनेछन् ।

एसिया प्यासिफिक र युरोपका १÷१ टोली हुनेछन् । आईसीसीको वरियतामा शीर्ष १० भन्दा बाहिरका ६ टोली पनि यही चरणमा प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष ६ टोलीले अस्टे«लियामा हुने टी २० विश्वकपमा सहभागिता जनाउन पाउनेछन् ।
नेपालका खेलहरु
असोज १७ म्यानमार
असोज २० मलेसिया
असोज २१ थाइल्यान्ड
असोज २३ भुटान
असोज २४ चीन
असोज २६ सिंगापुर

प्रतिक्रिया दिनुहोस्