मेसीको जुत्तामा नेपाली शब्द



लन्दन, (एजेन्सी)
बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले नेपाली शब्द लेखिएको जुत्ता लगाएको कुराले चर्चा पाएको छ ।

गत शनिबार ला लिगा अन्तर्गत रियल सोसिडाडसँगको खेलका लागि एनोइटा यात्रा गर्नेक्रममा मेसीले नेपाली शब्द भएको जुत्ता लगाएको फोटो सार्वजनिक भएको थियो । फोटो सार्वजनिक भएपछि उक्त कुराको चर्चा चुलिएको हो ।
उक्त जुत्ता विश्वप्रसिद्ध स्पोर्टस् ब्राण्ड एडिडासले उत्पादन गरेको हो ।

एडिडासले करिब ११ महिनाअघि ‘फेरेल एक्स’ सेरिजको उक्त जुत्ता बजारमा ल्याएको थियो । मेसी एडिडास उत्पादनको ब्राण्ड एम्बेस्डर पनि हुन् ।
सोही सेरिजको जुत्तामा उनी रियल सोसिडाड क्लब रहेको स्थान सान सेबास्टियन विमानस्थलमा देखिए ।

उनको दायाँ खुट्टाको जुत्तामा ‘संसार’ शब्द लेखिएको छ भने बायाँ खुट्टामा लगाएको जुत्तामा अंग्रेजी शब्द ‘इक्विलिटी’ लेखिएको छ । उक्त जुत्ताको बजार मूल्य २ सय ५० अमेरिकी डलर रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्