विदुरमा यौनधन्दा फस्टाउँदै



नुवाकोट । नुवाकोटको विदुरमा अबैध यौनधन्दा फस्टाउन थालेको छ । अबैध रूपमा यौन धन्दा चलेपछि प्रहरीले यसविरूद्ध आक्रामक रुपमा सफाया अधियान नै संचालन गरेपछि विदुरबाट अवैध यौन व्यवसाय संचालन गरेको आरोपमा तीन महिलासहित पाँजना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा बिदुर नगरपालिका–२ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका–३ की ४० वर्षीया सुवानी लामा, बिदुर नपा–१२ का २५ वर्षीय मदुसुधन रिमाल, बिदुर नपा–१२ का २२ वर्षीय रमेश अर्याल र विदुर नपा–५ का ४० वर्षीय सुरेन्द्र कुमालल रहेको जिप्रका नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए ।

पक्राउ परेकाहरुले रोजगारीको खोजीमा रहेका १५, २१ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै देहव्यापारमा लगाइएको फेला परेपछि गरिएको हो ।

रोजगारीको खोजीमा रहेका २१, १५ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै देहव्यापारमा लगाइएको फेला परेपछि पाँचजनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको कुँवरले बताए । पिडितहरुले जिल्ला अदालत नुवाकोटमा होटल संचालकले काम लगाइदिने भन्दै ल्याएर देहव्यापारमा लगाएको समेत बयानमा बताएको नुवाकोट प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्