खरेलको स्वागग गर्दै कंसाकारले भने– ‘मिलेर काम गछौं’



काठमाडौं (नेस)
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सोमबार पदबहाली गर्नुभएको छ ।

शुक्रबार नवनियुक्त कार्यकारी अध्यक्ष खरेललाई निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले स्वागत गर्नुभएको छ । स्वागतपछि प्रबन्ध निर्देशक कंसाकारले कार्यकारी अध्यक्ष खरेललाई एक कर्मचारीका रुपमा स्वागत गरेको बताउनुभयो । ‘हामी कार्यकारी विवाद हुन दिन्नौं । सबैले नियमभित्रै बसेर काम गर्ने हो । १५ सय कर्मचारी रहेको निगममा एक जना थप कर्मचारीको रुपमा म उहा“लाई स्वागत गर्छु ।’ कंसाकारले भन्नुभयो ।

पदभार ग्रहणपछि कार्यंकारी अध्यक्ष खरेलले पहिले आफुलाई कर्मचारी संघ संगठनहरुले काम गर्न नदिएको भन्ने आफ्नै अभिव्यक्तिको बचाउ गर्नुभएको छ । ‘मलाई निगम भित्रकै कर्मचारीले काम गर्ने वातावरण बनाई दिएनन् र राजिनामा दिनुप¥यो भनेर केही सञ्चार माध्याममा गलत सुचना प्रवाह भएको छ । उक्त कुराको म खण्डन गर्छु ।’ खरेलले भन्नुभयो । जटिल अवस्थामा रहेको निगमलाई कुशल व्यवस्थापनबाट अघि बढाउन सबैको समन्वयात्मक भूमिका आवश्यक रहने पनि उहा“को भनाई थियो ।

तर, निगमका प्रबन्ध निर्देशक कंसाकारले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो अधिकार खुम्चिएको प्रति घुमाउरो तरिकाले सरकारको निर्णयको विरोध गर्नुभएको छ । ‘निगम व्यवस्थापनमा एक रोचक मोड आएको छ । पूर्व प्रबन्धक निर्देशक मदन खारेललाई मन्त्री परिषद् बैठकले कार्यकारी अध्यक्षको रुपमा नियुक्त गरेको छ।

तर मैले राजिनामा नगर्ने निर्णय गरे । म प्रमुख कार्यकारी अधिकृतका रुपमा आफ्नै घटुवा गरेर शक्तिहिन बस्न सक्दिन । मलाई थाहा छ, यसप्रति आश्चर्य मान्दै सबैका परेला ठूला हुनेछन् ।’–कंसाकारले ट्वीटरमा लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्