दूषित पानीले मौसमी ज्वरोका बिरामी बढे



विनोद सिंह विष्ट, बैतडी
दूषित पानीले पछिल्लो केही दिनयता बैतडीमा मौसमी ज्वरोका बिरामी बढ्दै गएका छन् । वर्षात्को समयमा दूषित पानीको सेवन तथा प्रयोगले जिल्ला अस्पताल बैतडीमा हाल दैनिक १ सय बिरामी आउने गरेका अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि आउने मध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले जानकारी दिए । ९० प्रतिशत बिरामीमा सुरक्षित पानीको सेवन नहुँनाले समस्या देखिएको छ उनले भने“बर्षातको समयमा पानीका नयाँ मूल फुट्दा शुद्धीकरण नगरी पिउदा यो समस्या आएको हो”

बर्षातको समयमा खानपिनमा ध्यान नदिँदा बढी बिरामी पर्ने गरेका छन् । यसका साथै जिल्लाका विभिन्न स्थानमा सुरक्षित तथा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामीहरु बढ्न थालेका बताइएको छ ।
भाइरल ज्वरो, टाइफाइड, झाडापखालाका बिरामीहरु बढेका छन् डाक्टर बिष्टले भने“ बर्षातमा पानीका मूहान दुषित हुने दुषित पानीकै प्रयोगबाट विभिन्न रोगहरु सर्ने गरेका छन्”

मौसममा आएको परिवर्तनले रुघाखोकी, ज्वरो, झाडापखाला बिरामी बढेकाले खानपीनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीको सुझाव रहेको छ । खानेपानीको प्रयोग गर्दा उमालेर प्रयोग गर्नुपर्ने, व्यक्तिगत सरसफाईमा पनि विशेष ध्यान दिन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्