प्याब्सनद्धारा विद्यालय बन्द गर्ने चेतावनी



नेपाल समाचारपत्र
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशै लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो ।

संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक वालविकास शिक्षादेखि कक्षा १२ सम्म कुल विद्यार्थी मध्य ५ सय सम्म व्द्यिार्थी भएका विद्यालयले १०, ८ सय सम्मकाले १२ र सो भन्दा माथी विद्यार्थी संख्या भएका विद्यालयले १५ प्रतिशत निःशुल्क अध्यापन गराउनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले घोषणा गरेको सो विषय तत्काल संसोधन गरी साविककै १० प्रतिशत नगरे विद्यालयनै बन्द गर्ने चेतावनी दिएको हो । प्याब्सनले सरकारलाई एक महिने अल्टिमेटम दिएको छ । असोज मशान्तसम्म विधेयक नसच्याए दशै लगत्तै विद्यालय बन्द गर्ने चेतावनी दिएको हो ।

प्याब्सनका महासचिव राजेन्द्र वानियाले विधेयक संसोधन नगरे सदाका लागि विद्यालय बन्द गर्ने र अन्तराष्ट्रिय अदालतमा क्षतिपुर्ति माग्दै निजी व्द्यिालयमा अध्ययनरत १५ लाख विद्यार्थीको जिम्मा सरकारलाई लगाउने चेतावनी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्