घिमिरेविरुद्ध उजुरी परेन



काठमाडौं (नेस) । संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेविरूद्ध कुनै किसिमको उजुरी नपरेको जनाएको छ ।

आयोगको रिक्त रहेको प्रमुख आयुक्तको पदमा संवैधानिक परिषद्को भदौ २० को बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई सिफारिस गरेको थियो।

घिमिरेलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधारसहित सोमबार साँझसम्म उजुरी दिन समितिले आह्वान गरेको थियो ।
घिमिरे विरुद्ध उजुरी दिने अन्तिम समयसम्म एउटा पनि उजुरी नपरेको समितिका उपसचिव केशब अर्यालले बताउनुभयो ।

‘हामीले उजुरी गर्न पर्याप्त समय दिएका थियौँ । चिठ्ठी इमेल मार्फत पनि उजुरी गर्न भनेका थियौँ । समितिसमक्ष पनि उजुरी परेन ।,’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्