भारतीय सेनाध्यक्षको बिवादास्पद अभिब्यक्ति, सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष



काठमाडौ। बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ ।
गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो ।

नेपालले शुरुमा सैन्य अभ्यासमा सहभागि हुने जानकारी दिएपनि अन्त्यमा गएर सैन्य अभ्यासमा सहभागि नहुने घोषणा गरेपछि भारत नेपालसंग पुन एक पटक झस्किएको थियो । नेपालसंगै थाइल्यान्डले पनि सैन्य अभ्यासमा सहभागिता नजनाएपछि भारतीय संस्थापन पक्ष थप रुष्ट बनेको थियो ।
पूर्व जर्नेल डा. उमेशकुमार भट्टराईले नेपालको भू राजनीति परिर्वतन हुदै गएको कुरालाई भारतीय सेनाध्यक्षले बुझ्नु भएन उहांको अभिब्यक्तिले नेपाली शासकलाई दक्षिणतिरको परनिर्भरता बिस्तारै परिर्वतन गर्र्ने तर्फ अभिप्रेरित हुने खालको भएको बताउनुभयो ।

उहांले भन्नुभयो – नेपालले चीनसंग ब्यापार तथा पारवहन संझौता भएपछि चीनले नेपाललाई बन्दरगाह प्रयोग गर्न दिने सम्मका कुरा आएपछि भारतीय सेनाध्यक्षले नेपाललाई लक्षित गरी दिइएको अभिब्यक्तीेकोे कुनै तुक छैन ।

भारतीय स्थल सेनाध्यक्ष विपिन रावतले बिमस्टेक मुलुकबीच भएको सैन्य अभ्यासको समापन गर्दै नेपाल र भुटान नेपालसंग नझुकी सुख नपाउने अभिब्यक्ति दिनुभएको थियो ।

नेपाली सेनाले समेत सैन्य अभ्यासमा जानको लागि एउटा टुकडी नै तयार पारेको भएपनि मुलुकमा उक्त निर्णयको चर्को बिरोध हुन थालेपछि सरकारले पर्यबेक्षकको रुपमा मात्र सहभागीता जनाउने निर्णय गरेको थियो ।
रक्षा मन्त्री इश्वर पोखरेलले प्रधानमन्त्रीलाई कुनै जानकारी नै नदिई सैन्य अभ्यासमा पठाउने प्रवन्ध गरेको भन्ने समाचारलाई रक्षा मन्त्रालयले झुठको खेती भएको बताएको छ ।

भारतीय सेनाध्यक्ष रावतले बिमस्टेक शैन्य अभ्यासपछि भएको पत्रकार सम्मेलनमा नेपालले आफुलाई भारतबाट अलग गर्ने सोचाइमा छ भने त्यो अन्यथा हुने दावी गर्नु भएको थियो । गर्न बिमस्टेक शैन्य अभ्यासमा नेपालको अनुपस्थिति र चीनसँग नजिकिँदो सम्बन्धबारे सोधिएको प्रश्नमा सेनापति रावतले भुटान र नेपालले भारत बाहेक अन्य राष्ट्रसंग झुकाव राख्न नसक्ने दावी उहांले गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्