पेट्रोल र डिजेल तथा मट्टीतेलमा मूल्यवृद्धि



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।

मूल्य समायोजन भएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य एक सय १४ र डिजेल तथा मट्टीतेलको मूल्य समान १ सय १ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।

१५ दिनअघि मात्रै निगमले हवाइ इन्धनबाहेक सबै इन्धनको मूल्य बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्