भेटेको चार तोला सुन फिर्ता गरियो



नेपाल समाचारपत्र, हेटौंडा ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका जनकबहादुर मोक्तानले भेटेको चार तोला सुन तथा ९ हजार नगद सम्बन्धित ब्यक्तिलाई फिर्ता गर्नुभएको छ ।

इन्द्रसरोवर गाउँपालिका–४, स्याउलीबजार तरकारी केन्द्रमा तरकारी किन्दा सबिता बिडारीले बिर्सिएर गएको सुनको झोलासहित ९ हजार नगदलाई मोक्तानले फेला पार्नुभएको थियो ।

आफूले सुन तथा नगद फेला पारेर कस्को भनी बुझ्ने क्रममा बिडारीको रहेको पत्ता लागेपछि प्रहरीको रोहबरमा सुन तथा नगद फिर्ता गरिएको मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्