देउवा असक्षम भएको भन्दै युरोपभरी प्रचार



नेपाल समाचारपत्र, काठमाडौं ।
निर्वाचनमा लज्जासपद हार व्यहोरे पछि पनि नेपाली काग्रेस भित्रको गुट–उपगुट हट्न सकेको छैन । आन्तरीक विवाद घट्नको सट्टा झन बढ्दै गएको छ । पार्टी विधि विधानबाट संस्थागत ढंगले नचलेको आरोप लागिरहेको छ । शीर्ष नेताहरु एकले अर्कोलाई दोष थुपार्ने, आलोचना गर्ने प्रचलनको अन्त्य हुन सकेको छैन ।

युरोप भ्रमणमा रहनु भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यहाका जनसम्पर्क समितिको विभिन्न कार्यक्रममा सभापति शेरवहादुर देउवाको कारण काग्रेस इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको भनी आलोचना गर्नुभएको छ । सभापति देउवा असक्षम भएको भिन युरोपभरी प्रचार गरिरहनु भएको छ । स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचनमा नराम्रो पराजाय भोग्नु परेको मुख्य कारण स देउवाको असक्षमता भएको औल्याउदै काग्रेसका वरिष्ठ नेता ्र पौडेलले काग्रेसलाई सहि बाटोमा हिडाउन आफु अहोरात्र खटिरहेको पनि बताउनु भएको छ ।

‘पार्टी विधि विधान र संस्थागत रुपमा चल्नुपर्छ, यो बाटोबाट विचलित हुदा काग्रेसभित्र आन्तरीक विवाद बढिरहेको छ’ जनसम्पर्क समिति लक्जेम्बर्गले आयोजना गरेको कार्यक्रममा पौडेलले भन्नुभयो– म पार्टीलाई विधि विधान अनुसार संस्थागत निर्णयबाट सञ्चालन गर्नुपर्छ भन्ने पक्षको हुँ । काग्रेसलाई सहि बाटोमा नहिडाई आफुले विश्राम नलिने भन्दै उहाले १४औं महाधिवेशनमा पनि नेतृत्व लिन अग्रसर भएको सन्देश दिनुभएको छ ।

पार्टीको १३औं महाधिवेशनमा देउवाबाट पार्टी चल्दैन भनेर आफुले नेतृत्व दाबी गरेको पौडेलको भनाई थियो । ‘गत अधिवेशनमा देउवाले भन्नुभयो– म सभापति बन्छु तपाई प्रधानमन्त्री बन्नुस ।’ तर मैले मानिन भन्दै पौडेलले भन्नुभयो– मैले तीनपटक/चारपटक कतिपटक प्रधानमन्त्री बन्ने हो तपाईनै बन्नुहोस् तपाईबाट पार्टी चल्दैन । काग्रेसलाई सहि मार्गमा नल्याई म विश्राम लिन्न भन्दै पौडेलले आगामी महाधिवेशनमा नेतृत्वको दावि गरेको संन्देश दिनुभएको पनि थियो ।

युरोप भ्रमणका क्रममा सभापति देउवा असक्षम भएको भनि आलोचना गरिरहनु भएका वरिष्ठ नेता पौडेल लक्जेम्बर्ग, फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड लगाएत देशहरुमा पार्टीको भातृसंगठनको रुपमा रहेको जनसम्पर्क समितिहरुको कार्यक्रमहरुमा सहभागि भै असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । काग्रेस भित्र आन्तरीक विवाद भएकै कारण कार्यसम्पादन समिति, अनुसासन समिति गठन लगाएत एजेण्डा सहित गत २१ गते र २८ गते दुईपट डाकिएको केन्द्रिय समिति बैठक बस्दै नबसि स्थिगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्