मकालु साबुन उद्योगमा आगलागी हुँदा ५ कारोडको क्षति



नेपाल समाचारपत्र, विरगञ्ज ।
बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुँदै आएको थियो ।

आगलागीबाट अन्दाजी ५ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्