राजर्षि गुरुकुलमा समर स्प्ल्यास हुने



राजर्षि गुरुकुल स्कुल, सल्लाघारी भक्तपुरले आफ्ना वार्षिक कार्यक्रम समर स्प्ल्यासलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। बालबालिकाहरूलाई पढाइका अलावा साहसिक खेलकुद, स्वस्थ्य मनोरञ्जन दिने मनसायबाट गरिन लागेको सो कार्यक्रम असोज ६ गते हुने भएको छ। विद्यालय प्राङ्गणमा हुने कार्यक्रमका संयोजक अमिर जोशीले जानकारी दिनुभयो।

वर्षा यामलाई बिदा दिँदै आउन लागेको चाडपर्वको माहोलमा विद्यार्थीवर्गमा हर्षित र पारिवारिक वातावरण सिर्जना गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। उक्त दिनमा विद्यार्थी र अभिभावकलाई रोमाञ्चक एवम् मनमोहक कार्यक्रमले हर्षित बनाउने विद्यालयको दाबी छ।

कार्यक्रमको मुख्य आकर्षण घोडा सवारी, प्रत्यक्ष साङ्गीतिक ब्यान्ड सो, फेस पेन्टिङ्ग, जादू सो, स्वादिष्ट भोजन, भूत घर, स्विमिङ र बिंगो समावेश गरेको छ। ¥याफल चिठ्ठा खेल पनि यस कार्यक्रमको अर्को मुख्य आकर्षण रहेको छ। जसमा पुरस्कारहरू क्रमशः स्कुटर, एलईडी टेलिभिजन, वासिङ मेसिन पहिलो, दोस्रो र तेस्रो विजेताहरूका लागि घोषणा गरिएको छ।

बालबालिकाहरू टेक्नोलोजीमा आधारित खेल एवम् कार्यव्यस्त रहने गरेकोमा विद्यालय हातामा आयोजना गरिने यस प्रकारका कार्यक्रमले उनीहरूभित्र लुकेर रहेका नौला गुणहरू निखारिएर आउनेमा विद्यालय विश्वस्त छ।

‘स्कूलका प्रधानाध्यापक लियोन श्रेष्ठ भन्नुहुन्छ– ‘समर स्प्लासजस्ता कार्यक्रमहरू संलग्न गर्दा हाम्रा विद्यार्थी भाइबहिनीको अध्ययन अध्यापनबाट केही क्षण टाढा राखेर नयाँ र नौलो कार्य गर्न मद्दत गर्ने र व्यक्ति विकासमा थप टेवा पु¥याउने यो एकदम राम्रो अवसर हो। समर स्प्लास, विद्यार्थी र अभिभावक तथा नयाँ साथीहरूले एक अर्काबाट सिक्न र अविस्मरणीय समय बिताउने राम्रो मौका भएको उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्