विदेशी विश्वविद्यालयका विद्यार्थीले गरे गाउँको डिजाइन



काठमाडौंस्थित टुडेज युथ एसियासँगको सहकार्यमा अमेरिकास्थित स्ट्यान्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूले दोलखाको एक विकट गाउँ भैंसेको इन्जिनियरिङ डिजाइन गरेका छन्। स्ट्यान्डफोर्ड विश्वविद्यालयको ग्लोबल इन्जिनियरिङ प्रोग्रामअन्तर्गत विद्यार्थीहरूले उक्त गाउँको डिजाइन तयार गरेका हुन्।

विद्यार्थीहरूले तयार गरेको डिजाइन प्रस्तुत गरिएको थियो। ‘इन्जिनियरिङ फर नेसन बिल्डिङ’ अवधारणाका साथ आयोजना गरिएको कार्यक्रममा स्ट्यान्डफोर्ड विश्वविद्यालयका ७ जना विद्यार्थीहरूले आफूले तयार गरेको डिजाइनका विशेषतासहित प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा टुडेज युथ एसियाका अध्यक्ष सन्तोष साहले स्ट्यान्डफोर्ड विश्वविद्यालयले नेपालमा पहिलोपटक टुडेज युथ एसियासँग सहकार्य गरेको जानकारी दिँदै आगामी दिनमा पनि यस्तो सहकार्य जारी रहने जानकारी दिनुभयो। नेपाल स्विस फ्रेन्डसिप सोसाइटीका अध्यक्ष तथा दोलखामा स्ट्यान्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूलाई आतिथ्यता गर्नुभएका खेमराज लकाइले भूकम्पपछि इन्जिनियरिङको महत्व झन् बढेको भन्दै स्ट्यान्डफोर्ड विश्वविद्यालयको आगमनले त्यसमा थप मद्दत पुगेको बताउनुभयो।

उक्त डिजाइन दोलखाकी सांसद शान्ति पाख्रिनलाई हस्तान्तरण गरिएको थियो। डिजाइन ग्रहण गर्दै सांसद पाख्रिनले दोलखाको स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष सहभागी भई घर डिजाइन गरेकोमा स्ट्यान्डफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। भूकम्पबाट क्षत्विक्षत् भएको ठाउँमा भूकम्प प्रतिरोधी घर डिजाइन गरिएकाले उपयोगी रहेको उहाँको भनाइ थियो।

सोही कार्यक्रममा आर्टिटेक्ट शीर्षक बानियाँले तराई क्षेत्रका लागि उपयुक्त हुने प्राकृतिक प्रकोप प्रतिरोधी घरको डिजाइन पनि प्रस्तुत गरेका थिए। बानियाँ सन् २०१५ मा आयोजित प्रकोप प्रतिरोधी संरचना डिजाइन प्रतियोगिताका विजेता पनि हुन्। तराई क्षेत्रको डिजाइन बर्दियाका सांसद सञ्जयकुमार गौतमलाई हस्तान्तरण गरिएको थियो। डिजाइन ग्रहण गर्दै सांसद गौतमले ०७२ सालमा गएको भूकम्पपछि इन्जिनियरिङको महत्व झन् बढेको भन्दै अब नयाँ ढंगले सोच्नुपर्ने र प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो। विकास र वातावरणलाई सामञ्जस्य गरेर जानुपर्ने र त्यसमा इन्जिनियरिङको महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो।

सोही कार्यक्रममा भारतको इन्डिया फाउन्डेसनका अनुुन्धानकर्ता सत्येन्द्र त्रिपाठीले तयार गरेको कुम्भ मेलासम्बन्धी सामग्री २ नम्बर प्रदेशसभा सदस्य तथा राजपाका महासचिव मनिष सुमनलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा काठमाडांैैस्थित विभिन्न दूतावासका प्रतिनिधिहरू, यूएन एजेन्सीका प्रतिनिधिहरू, सांसद, उच्चपदस्थ सरकारी अधिकारीहरू, राष्ट्रिय÷अन्तर्र्रािष्ट्रय संघसंस्थाका प्रतिनिधिलगायतको
उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्