दक्षिणी सुडानमा बिद्रोहीको आक्रमणमा नेपाली सैनिक भेष निरौला घाईते



काठमाडौ । संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिणी सुडानमा खटिएका नेपाली सेनाको नारायण दल गणका सिपाही भेष निरौला बिद्रोहीको आक्रमणमका परी घाइते भएका छन ।
दक्षिणी सुडानको एइ भन्ने स्थानमा खटिएको नारायण दलको १७० जनाको टोलीमा रहेका निरौलालाई आक्रमणकारीले आक्रमण गरी घाइते बनाइदिएको छ ।
घाईते सिपाही निरौलाको दाहिने घुडामा गम्भिर चोट लागेको छ । उनको स्थानीय लेभल १ अस्पतालमा उपचार हुन नसकेपछि लेभल ३ अस्पतालमा पठाइएको छ । आक्रमणकारी समुहले नेपाली सेनामाथि एसएलआर हतियार प्रयोग गरेर आक्रमण गरेका थिए । घाईते सिपाही निरौला ब्यारेककालागि पानी लिन गएको मैका पारी आक्रमणकारी आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्