अष्ट्रेलिया: फेस्टिभल रोकिने



सिडनी,(एजेन्सी)
आशंकित ड्रग्स ओभर डोजको कारण दुईजना व्यक्तिको ज्यान गएपछि अष्ट्रेलियाली सरकारी निकायले एउटा डान्स म्युजिक फेस्टिभल बन्द गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

सिडनीको डेफकोन १ नामक उक्त फेस्टिभलको दौरान करिव सात सय जनालाई मेडिकल सहयोगको आवश्यकता भएको र ति मध्ये तिनजनाको स्वास्थ स्थिती चिन्ताजनक रहेको न्यु साउथ वेल्सका प्रहरीले जनाएको छ ।

स्टेट प्रिमियर ग्लाडिज बेरेजिक्लियानले यस वार्षिक फेस्टिभल असुरक्षित रहेको र यसको पुन आयोजना गरिनु नहुने बताएका छन् । यसका आयोजक क्यु – डान्सले घटना सम्बन्धमा स्थानिय निकायलाई सहयोग गरिरहेको जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्