लन्ड्री ड्रायरमा राखेर बिरालो मार्ने पक्राउ



क्वालालम्पुर,(एजेन्सी)
मलेसियाको प्रहरीले एउटा पेट बोकेको बिरालोलाई लन्ड्री ड्रायरमा राखेर मारेको अभियोगमा दुईजना पुरुषलाई आइतवार गिरफतार गरेको छ । सिसिटिभी फुटेजमा ति दुई पुरुषले बिरालोलाई लन्ड्रीको ड्रायरमा राखेर मर्नका लागि छोडेको देखिएको छ ।

स्थानिय संचार माध्यमले नाम नखुलाइएका तिनीहरु विरुद्ध जनावर माथिको क्रुर व्यवहार गरेको अभियोग लाइने भएको छ । यदि अपराध प्रमाणित भएको खण्डमा तिनीहरुलाई तीन वर्ष लामो कारावास संजाय हुनसक्छ ।

सिसिटिभीमा कैद भएक अर्काे तेश्रो व्यक्ति भने फरार रहेको र उनको व्यापक खोजि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिनीहरुले बिरालोलाई ड्रायरमा राखेर एक छिन पसलबाट बाहिरिन्छन् , त्यसपछि फर्केर ड्रायर मेसिनमा सिक्का खसालेर त्यसलाई अन गरेको फुटेजमा दखिन्छ ।

पछि एकजना ग्राहकले ड्रायर भित्र बिरालोलाई मेत अवस्थामा फेला पारेका थिए । यो फुटेज सामाजिक संजाल फेसबुकमा भाइरल भएपछि व्यापक जन विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्