पुर्व राष्ट्रपति मुवारकका दुई छोरा पक्राउ



कायरो,(एजेन्सी)
इजिप्टका पुर्व राष्ट्रपति होस्नी मुवारकका दुई जना छोरालाई स्टक मार्केटमा घोटाला गरेको आरोपमा आइतवार प्रहरीले पक्राउ गरेको छ । सरकारी संचार निकाय मेनाले अला र गमाल मुवारकलाई स्टक मार्केट र केन्दि«य बैंकको नियमहरु बिगारेको आरोप लगाइएको छ ।

आफ्नो पितालाई अपदस्थ गरिएको एक वर्षपष्छ सन् २०१२ मा तिनीहरु विरुद्ध अनुसनधान शुरु भएको थियो । विगत तीन वर्ष अघि तिनीहरुलाई जमानतमा रिहा गरिएको थियो ।

अहिले सम्म आफु माथि लगाइएका आरोप अस्विकार गर्दै आएका ति दाजुभाइलाई २० अक्टोवरमा अदालतमा उपस्थित गराइने भएको छ । राजधानी कायरो स्थित अदालतले एघार करोड पचास लाख अमेरिकी डलर घोटाला गरेको अभियोगमा अन्य तीनजनालाई पनि पक्राउ गर्न आदेश दिएको छ ।

मुवारकका पुत्रद्वय ५७ वर्षिय अला र ५४ वर्षिय गमाललाई नेसनल बैंक अफ इजिप्ट नाफामा बेच्न खोज्दा कम्तिमा ४९ करोड ४० लाख इजिप्सियन पाउन्ड गोलमाल गरेको आरोप लागइएको छ ।

अलाले राजनीतिबाट टाढा रहेर व्यापार व्यवशाय गर्दै आएका थिए भने पुर्व बैंकर रहेका गमाललाई उनको पिताको उत्तराधिकारीको रुपमा हेरिएको थियो । यि दाजुभाई र तिनका पितालाई यस अघि पनि विभिन्न अपराधमा पक्राउ गरी थुना राखिएको थियो ।

सन् २०१५ को मे महिनामा राष्ट्रपति भवन निर्माणका लागि छुटाइएको कम्तिमा १२ करोड ५० लाख इजिप्सियन पाउन्ड वरावरको सरकारी रकम हिनामिना गरेको आरोपमा जनही तिन वर्ष लामो कारावास संजाय सुनाइएको थियो ।

अहिले नब्बे वर्ष उमेर पुगेका तथा दशकौं सम्म इजिप्टको सत्तामा रहेका पुर्व राष्ट्रपति होस्नी मवारकलाई सन् २०१७ मा सन् २०११ मा प्रदर्शनकारीहरु मारेको अभियोगबाट अदालतले सफाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्