लिङ्कन च्याम्पियन



काठमाडौं, (नेस)

लिङ्कन स्कुलले १७ औं एलए कप अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

लिङ्कन २ सय ७ अंकसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । लिटिल एन्जल्स (एलए) स्कुलद्वारा आयोजित प्रतियोगितामा राजश्री गुरुकुल दोस्रो र आयोजक एलए तेस्रो भए । राजश्रीले ६७ र एलएले ५० अंक जोडे ।

विजेतालाई प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ६५ विद्यालयबाट ३ सय ४ खेलाडीले ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्