थ्रीस्टार, गिताञ्जली र एपीएफ क्वाटरफाईनलमा



नेपाल समाचारपत्र, काठमाडौं
थ्रीस्टार, गिताञ्जली र एपीएफ पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

आईतवार भएको लिग खेलमा बुढानिलकण्ठलाई २५–१५, २५–१२, १९–२५ र २५–१५ को सोझो सेटमा हराँउदै एक खेल खेल्न अगावै क्वाटरफाईनलमा स्थान बनाएको हो । थ्री स्टारले समूह ग मा अपराजित रहदै २ खेलबाट ६ अंक बनाएको छ । त्यसैगरी समूह क बाट गिताञ्जली तथा समूह ख बाट एपीएफले पनि अपराजित रहदै २ खेलबाट ६ अंक जोड्दै एक खेल अगावै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका छन् ।

गिताञ्जलीले बेल्कु धादिङलाई २५–१०, २५–५ र २५–१० को सोझो सेटमा हराउदा एपीएफले वडिगार्ड गापालाई २५–१९, २३–२५, २५–१४ र २५–१९ को सेटमा स्तब्ध बनायो । प्रतियोगितामा नेपाल छन्त्याल संघले पनि पहिलो जित निकालेको छ । समूह ग मा रहेका छन्त्याल संघले सुर्यदीप कलेजलाई २५–१२, २५–२१ र २५–२२ को सोझो सेटमा हरायो । क्वाटर फाईनलमा प्रवेशका लागि छन्त्याल संघलाई एक खेलमा जित आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्