ओसिस बास्केटबल आजदेखि



काठमाडौं, (नेस)

ओसिस स्कुलको आयोजनामा प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ १६ र गल्र्समा १२ टिमको सहभागिता रहने ओसिसका प्रशिक्षक समेत रहेका राष्ट्रिय बास्केटबल खेलाडी आयुश सिंह जनाएका छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

गल्र्सको स्पर्धा थ्री बाई थ्री हुनेछ । असोज ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित आयोजककै कोर्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्