के कर्मचारीलाई राजनीति गर्न छुट छ ?



विभिन्न कर्मचारी संगठनले पार्टीपिच्छे कर्मचारी संगठन खोल्न पाउनुपर्ने माग गर्दै प्रस्तावित संघीय निजामती सेवाको मस्यौदा विधेयकको विरोध गरेको समाचारले केही लेख्न मन लाग्यो । कर्मचारीहरु राजनीति गर्न भर्ना गरिएका हुन् कि जनताको सेवा गर्न ?

कर्मचारीहरु हो, तिमीहरुलाई संगठन खोलेर राजनीति गर्न मन लाग्छ भने आफ्नो जागिरबाट राजीनामा दिएर चुनावमा उठ । यहाँ जागिर नपाएर भौंतारिइरहेका बेरोजगारहरु धेरै छन् । होइन भने कार्यालयमा आफ्नो काम गरेर बस । सरकारले पनि राजनीति गरी कार्यालयमा अवरोध पु¥याउने कर्मचारीलाई बचावट हैन अवकाश दिने आँट गर ।
– संगमकुमार राउत, बनेपा, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्