साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका डीएसपी केसी साधारण तारेखमा रिहा



काठमाडाैँ ।

साढे ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या आरोपमा पक्राउ परेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी साधारण तारेखमा रिहा भएका छन् । केसी उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन् ।

त्यस्तै उक्त काण्डमा मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी रामकुमार केसीलाई उच्च अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

यसअघि गत २९ गते शुक्रबार उच्च अदालतले एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्