निर्मलाका निम्ती न्याय माग्दै महेन्द्रनगर र धनगढीमा प्रर्दशन



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षिया बालिका निर्मला पन्तका लागि न्याय माग्दै आइतवार पनि कञ्चनपुर तथा कैलालीको धनगढी लगायत बिभिन्न ठाँउमा प्रर्दशन गरिएको छ । महिला अधिकारकर्मी, आमा समूह तथा स्थानियहरुले वास्तविक हत्यारालाई छिटो कारवाहीको माग माग्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगर सहित झलारीमा प्रर्दशन गरेका हुन ।

स्वतन्त्र नागरिक समाज कैलालीको आह्वानमा न्याय माग्दै विभिन्न नारा लेखिएका प्ले कार्ड सहित कैलालीको धनगढी चौराहबाट पनि दिउँसो २ बजे निस्कीएको ¥याली एलएन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कैलाली कञ्चनपुरमा निरन्तर निर्मलाको न्याका लागि आन्दोलन तथा प्रर्दशन गर्दा महेन्द्रनगर तथा धनगढी बाट बिभिन्न ठाँउका लागि छुटेका तथा भित्रिने सवारी साधनहरु जाम हुँदा सास्ती भएको यात्रुहरु बताउछन । तर आइतबार साझ साढे पाँच बजे देखि भने सवारी साधन सजिलै ओहोर दोहोर गरिरहेका छन । यस्तै झलारी बजारमा निर्मलाका निम्ती न्याय माग्दै देउडा खेल पनि खेलिएको छ । स्थानियहरुको जमघटमा भएको देउडाबाट वास्तविक हत्यारालाई छिटो कानुनको दायरामा ल्यान माग गरिएको हो । यस अघि शनिवार नेपाल बिद्यार्थी संघले कञ्चनपुर बन्द गर्नुका साथै महेन्द्रनगरमा प्रदर्शन पनि गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्