‘हिट ४३ प्रोफेशनल किक बक्सिङ’मा नेपाली खेलाडी अविरल घिमिरे भिड्दै



काठमाडौं – जापानको नागोयामा आयोजित हिट ४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे प्रतिस्पदा गर्ने भएका छन ।

भोली हुने जापानको नागोयामा आयोजित हिट ४३मेगा व्याटल प्रोफेशनल किक बक्सिङ नेपालको प्रतिनिधित्व गर्दै नेपाली खेलाडी अविरल घिमिरेले जापानीज फाईटर युहेयी संग प्रतिस्पदा गर्ने लागेका हुन् ।

३ राउन्डको खेलमा विजयी भए बाज्रिल या वोलिभिया संग घिमिरेको प्रतिस्पदा हुने छ ।

काठमाडौं चन्द्रगिरीका अविरल घिमीरेले यस अघि विभिन्न देशको खेलाडीहरू संग आठौ पटक जित हात पारेसकेका छन् ।

उनी पूर्व राष्ट्रिय मार्शल आर्ट खेलाडी देवकुमार घिमीरेका छोरा हुन् । घिमीरेका कोच पनि उनैका बाबु हुन ।

भोली हुने खेलमा नेपाली समय अनुसार १२ वजे हुने खेलमा बाज्रिलियन खेलाडी ब्रुरूणो गाजिनो र वोलिभियन खेलाडी डेविट जुनिटा विच प्रतिस्पदा हुने छ ।

हिट ४३मेगा व्याटल प्रोफेशनल किक बक्सिङमा विजयी खेलाडीले वेल्ट,नगद तथा राष्ट्रको नाम दर्ज गराउने सफलता प्राप्त गर्ने छन ।

हिट ४३ किक बक्सिङ जापानको प्रसिद्ध खेल मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्