पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी



सरोज यादव, विराटनगर ।
पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय विराटनगरमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलका भतिजा शैलेश पोखरेललाई मेडिकल डिन नियुक्त गरेको विरोधमा नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीको नेतृत्वको टोलीले आईतबार तालाबन्दी गरेको हो ।

विद्यार्थीहरुले उपकुलपति घनश्यामलाल दास, रजिस्टार प्रमिला थापा, पूर्वाञ्चल विश्वविद्यालय प्रशासन महाशाखाको कार्यलयमा समेत तालाबन्दी गरेका छन । विश्वविद्यालयमा राजनीतिक हस्तछेप भएकोमा तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीले बताए ।
विद्यार्थीहरुले विश्वविद्यालयमा राजनीतिक भगवण्डाको अन्त्य गर्नुपर्ने , मेडिकलका डिनको नियुक्ती खारेज गर्नुपर्ने ,शैशिक्षक क्यालेन्डर लागु हुनुपर्ने , सम्पुर्ण आङगिक क्याम्पसलाई पुर्वाधार युक्त बनाईनु पर्ने , विश्व विद्यालयमा बौदीक एवम् शैक्षीक व्यक्तीलाई नियुक्त गनुर्् पर्ने , विश्व विद्यालय र नेविसंघ संगबीच भएको संझौता तुरुन्त लागु गनुपर्ने माग गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्