निर्मला हत्या प्रकरणः डीआईजी धीरु बस्न्यातको नेतृत्वमा शक्तिशाली छानबिन समिति



नेपाल समाचारपत्र, काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना छानबिन गर्न नेपाल प्रहरीले डीआईजी धीरु बस्न्यात नेतृत्वको नौ सदस्यीय समिति गठन गरेको छ ।

यसअघि भदौ १४ मा गठित एसएसपी उत्तम सुवेदी नेतृत्वको समितिलाई विस्तार गर्दै प्रहरी मुख्यालयले निर्मला प्रकरणको छानबिनको जिम्मेवारी डीआईजी बस्न्यातलाई दिएको हो ।

शक्तिशाली भनिएको यस छानबिन समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी नरेश शाही सदस्य रहेका छन् ।

निर्मलाको हत्या भएको ५३ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेको अवस्थामा देशव्यापी दबाब बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले सम्पूर्ण अधिकारसहित डीआईजीलाई छानबिनको जिम्मा सुम्पिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्