नाडाको अफरः टाटाको कार किन्नेलाई हेलिकप्टरबाट लाङटाङ लगेर साँचो



नेपाल समाचारपत्र, काठमाडौँ । नेपालमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो सोमा ९ प्रकारका गाडी राखेको छ ।

टाटाको मुख्य आकर्षणका रूपमा भारतबाट भित्र्याइएको टिगोर इभी इलेक्ट्रिकल कार रहेको छ । जुन कार भारतमा समेत लन्च भएको छैन भने नेपालमा प्रदर्शनका लागि राखिएको छ । अर्को नेक्सनको एएम्टी गाडी छ, जुन हालसालै लन्च भएको हो । अर्को हेग्जा र ट्यागो राखिएको छ । साथै थप दुईवटा मोडेल पनि थप गर्ने तयारी भइरहेको, जेस्ट र नेक्सनको ड्युल कलर नेक्सन पनि राखिएको बताइएको छ ।

नेपालमा टाटाका ट्यागो टिगोरदेखि जेस्ट बोल्ड, नेक्सन, हेग्जा सुमो गोल्ड गरी ९ वटा उत्पादनहरू नाडा अटो सोमा राखिएको छ ।

नाडा अटो सोमा मोडल अनुसार विशेष उपहार योजना पनि राखिएको छ । टाटाका गाडी खरिदमा ४ लाख रुपियाँ छुट, इन्सुरेन्स, प्राइभेट हेलिकप्टरमा लाङटाङमा लगेर साँचो हस्तान्तरण गर्ने आकर्षक प्याकेज पनि बनाइएको छ । यो नाडा अटो सोमा गाडी खरिद गर्नेहरूका लागि लागू हुने बताइएको छ ।

उनका अनुसार दसैंतिहारका लागि पनि यो स्किमलाई निरन्तरता दिइने कम्पनीको योजना छ । नेपालभरी सर्भिस सेन्टरको सञ्जाल भएको, सर्भिस दिने मामिलामा बलियो रहेको, गुणस्तरीयतालाई ध्यान दिने भएकाले उपभोक्ता सन्तुष्ट रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्