सामुद्रिक आँधी



मनिला, (एजेन्सी)

उत्तरी फिलिपिन्समा शनिबार बिहानदेखि शुरू भएको सामुद्रिक आँधी म्याङ्कुटका कारण दुई जनाको मृत्यु भएको छ। टुुएगराओ शहरका सबै भवनमा उक्त आँधीले केही न केही क्षेति पुर्याएको अधिकारीहरूले बताएका छन्। मर्नेको संख्यामा वृद्धि हुन सक्ने अधिकारीहरूले आशंका गरेका छन्। सामुद्रिक आँधीमा १ सय ८५ किलोमिटर प्रतिघन्टाको बेगले हुरी चलेको र यसले तटीय इलाकाका करिब ४० लाख नागरिक प्रभावित भएका छन्। आँधीका कारण समुद्रमा २० फिट अग्लो छाल उठ्न सक्ने बताइएको छ। उक्त सामुद्रिक आँधी आइतबारसम्ममा हङकङतर्फ बढिरहेको र केही दिनमै चीनको तटीय इलाकामा प्रवेश गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्