ताम्रकर फुटसलको फाइनल अर्को शनिबार हुने



काठमाडौं, (नेस)
तेस्रो ताम्रकार फुटसल प्रतियोगिताअन्तर्गत शनिबार भएको समूह चरणको खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

समूह ए बाट श्रीबंगलामुखी फर्निचर विजेता र साहिल मेटल क्राफ्टस् उपविजेता हुँदै अन्तिम चारमा पुगेका हुन् । त्यस्तै समूह बी बाट फोरगो फाइटर्स विजेता र करुणामय मेटल क्राफ्टस् उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरे । आगामी शनिबार हुने सेमिफाइनल खेलमा श्रीबंगलामुखीको सामना करुणामय मेटलसँग हुनेछ । त्यस्तै फोरगोले साहिल मेटलविरुद्ध खेल्नेछ । सोही दिन फाइनल खेल पनि हुने आयोजकले जनाएको छ ।

यसअघि समूह चरणका खेलमा श्री बंगलामुखीले साहिल मेटलसँग १–१ बराबरी खेल्यो भने अर्को खेलमा बंगलामुखीले पानाचे ब्युटी सेलुनलाई २–० ले हराएको थियो । यस्तै करुणामय मेटलले भैरवनाथ आइरनलाई ४–३ ले पराजित ग¥यो । अर्को खेलमा भने करुणामय एलडीएसडीसीसँग २–१ ले हार्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्