हेटौंडामा ग्रासरुट फुटबल फेस्टिभल



हेटौंडा,(नेस)
फुटबलको आधारभुत तह मानिने ग्रासरुट ४५ जिल्लामा शनिबारदेखि सुरु हुने क्रममा हेटौंडामा पनि स्कुले विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा शुरु भएको एन्फा ग्रासरुट ग्रयाण्ड रिहर्सल फुटबल फेस्टिभल ३ महिना चल्नेछ । एन्फा आवद्ध प्रशिक्षकलगायतको सहभागिता रहेको कार्यक्रममा दक्षिण एसियाकी प्रथम महिला फिफा रेफ्री कल्पना शर्मालगायतले प्रशिक्षण दिएका थिए ।
पहिलो दिनको कार्यक्रममा करिब १ सय ५० विद्यार्थी सहभागी हुँदा करिब ३० जना छात्रा दृखिए । ‘केही दिनमा प्रशिक्षार्थीको संख्या बढ्ने निश्चित छ,’ संयोजक बर्माले भन्नुभयो ।

एन्फाले जिल्लामा फुटबल गतिविधि बढाउन प्रशिक्षणमा आवश्यक फुटबल, विप्स, कोनलगायत सामग्रीसँगै आर्थिक सहयोग गरेको हो । एन्फाले आठ पहाडी जिल्लालाई १० लाख उपलब्ध गराएको छ भने बाँकी जिल्लालाई पाँच–पाँच लाख दिएको हो । फुटबल विकास कार्यक्रमअन्तर्गत् एन्फाले खेल सामग्री र आर्थिक सहयोग गरी कुल तीन करोड १० लाख लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्