सल्यानमा खोलाले बगाउदा दिदीभाईको मृत्यू



काठमाडाैं । सल्यानमा खोलाले बगाउदा दिदी भाईको मृत्यू भएको छ । सल्यानको दार्मा गाउपालिका—६ घर भएका उनीहरुको स्थानीय दार्मा खोलाले बगाउदा मृत्यू भएको हो ।

स्थानीय दुर्गा केसीकी श्रीमती पूर्णिमा केसी माईतीघर रुकुमबाट घर फर्कदैँ गर्दा शनिबार बेलुका ७ बजे स्थानीय दार्माखोला तर्दा उनका १ छोरी र १ छोरा बेपत्ता भएका थिए । आमा पूर्णिमा सकुशल खोलाबाट उत्रिए थिईन् ।

बेपत्ता २ बर्षिय छोरा मोहन केसीको घटनास्थलदेखि करिब २ किलोमीटर तल शब फेला परेको थियो । यस्तै ६ बर्षिया छोरी रेखा केसीको घटनास्थलदेखि ३ किलोमीटर तल शब फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोहनको शव राती नै भेटिए पनि रेखाको भने आइतबार बिहान मात्रै शब फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बिरेन्द्रबहादुर शाहीले बताए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्