‘चीनको ओबीओआर सहकार्य हो, सहयोग होइन’



डा. सर्वोत्तम श्रेष्ठ
अध्यक्ष, अरनिको समाज

चीनमा झण्डै एक दशक अध्ययन गरी फर्किनुभएका प्रसिद्ध स्नायुविज्ञ डा. सर्वोत्तम श्रेष्ठ अहिले चीनमा विभिन्न विषय अध्ययन गरी फर्किएका नेपालीहरुको संस्था अरनिको समाजका अध्यक्ष हुनुहुन्छ ।

उहाँले चीन र नेपालबीचको सम्बन्ध जनस्तरबाट थप मजबुत, गाउँ–गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच, चिनियाँ साहित्यको अनुवादलगायत कार्यमा योगदान दिँदै आउनु भएको छ ।

कर्म गर्ने, फलको आशा नगर्ने ‘लो प्रोफइल’मा बस्न रुचाउने डा. श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि दिरेकलाल श्रेष्ठ र सुनील महर्जनले गरेको कुराकानी :

– अरनिको समाजको मुख्य उद्देश्य के हो ?
अग्रजहरुले दुई वटा सोच राखेर सन् १९८१ अक्टोबर २४ मा अरनिको समाजको स्थापना गरेको देखिन्छ । पहिलो चीनबाट अध्ययन गरेर फर्किएका चिकित्सक, विद्यार्थीको साझा मञ्चको रुपमा स्थापित गर्ने, दोस्रो चीनसँगको सम्बन्धलाई अद्यावधिक गरिरहने । खासमा यी नै दुई उद्देश्यले समाज स्थापना भएको पाइएको छ ।

शुरुमा राखिएको लक्ष्यमा अहिले हामीले एक दुई वटा थपेका छौं । अहिले परिस्थिति धेरै बदलिसकेको छ, त्यतिबेला चीनसंँग सम्पर्क कम हुन्थ्यो । चीनसँग सम्बन्धित क्रियाकलाप कम हुन्थे । अहिले चीनसँग नियमित अन्तत्र्रिmया भइरहेको छ, नेपालमा सहयोग गर्न चीन निकै तत्पर भएको अवस्था छ । त्यसैले सर्वसाधारण नेपालीलाई लाभ पुग्ने गरी दुई देशका जनताबीचको सम्बन्धलाई विस्तार गर्ने कार्यलाई अहिले प्राथमिकतामा राख्दै आएका छौं ।

– समाजले अहिले अरु के कस्ता कार्यलाई विशेष प्राथमिकता दिंँदै आएको छ ?
समाजको मुख्य कार्य भनेको चीनसँंग सम्बन्ध जोड्ने हो । त्यहीअन्तर्गत नेपालमा उद्यमी व्यवसायी, विद्यार्थी, पत्रकारलाई चीन लगेर सम्पर्क गराईदिने कार्य गर्दै आएको छ । केही समय अघि विभिन्न विधाका ६१ जना विद्यार्थीलाई छात्रवृति उपलब्ध गरायौं । यो छात्रवृति चीन सरकारले उपलब्ध गराएको हो, हामीले त संयोजन मात्र गरेका हौं ।

त्यसैगरी उद्यमी व्यवसायीलाई विभिन्न मेलामा सहभागी गराउँदै आएका छौं । चीनमा सबैभन्दा बढी अर्थात ३ हजारपटक प्रसारण भएको पश्चितमतिरको यात्रा नामक टेलिचलचित्रलाई नेपालीमा डबिङ गरेर प्रसारण ग¥यौं । यो टेलिचलचित्र २५ भागको रहेको छ । यो टेलिचलचित्र हेरेपछि आधा घण्टा बिताएको पत्तो नै हुँदैन । यसमा बाँदरको भँमिकालाई सबैले रुचाएको पाइयो । टेलिचलचित्रमा बुद्ध धर्मको मँल्य मान्यता निकै रोचक, आर्कषकरूपमा देखाइएको छ, त्यसको मैले नै अनुवाद गरेको हुँ।

– यसका अतिरिक्त अरु के–के काम गर्दै आउनुभएको छ ?
समाजका सदस्यमध्ये बढी चिकित्सक र इन्जिनियर हुनुहुन्छ । त्यसैले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं । त्यो बाहेक चीनका विभिन्न विद्धान, लेखकहरु नेपाल आउँदा अन्तत्र्रिmया, प्रवचन कार्यक्रम गर्दै आएका छौं । चिनियाँ वृतचित्र, राजनीतिक विश्लेषण, साहित्यको अनुवाद कार्यलाई पनि प्राथमिकतामा राखेका छौं ।

नेपालले चीनको यान्त्रिक नक्कल गर्नुभन्दा पनि सोच, संस्कार कार्यशैली सिक्नुपर्दछ । चीनको रेल, प्रविधिको विकासलाई ठ्याक्कै नक्कल गर्न सकिँदैन । त्यहाँको विकासको गति र यहाँको विकास र अवस्था नै फरक छ ।

यसअघि ‘मन जब चराको गुँडबाट निस्किएर उड्छ’ चिनियाँ साहित्य अनुवाद गरेर प्रकाशित गरिसकेका छौं । समाजबाट प्रकाशित त्यो पहिलो कृति थियो । त्यसपछि दोस्रो ‘छाञ्च्याङ नदी पँर्वतिर बग्दैछन् ’ भन्ने निबन्ध संगालो प्रकाशित भयो । यसमा १७ जना लेखकको निबन्ध रहेको छ । दुवै कृति मैले नै अनुवाद गरेको थिएँ । अहिले नाम चलेका चीनका लेखक जो, नोबल पुरस्कार विजेता पनि हुन् । उनको कथा संग्रह अनुवाद गर्ने कार्य भइरहेको छ ।

– तपार्इं एक चिकित्सक भएर पनि चिनियाँ साहित्यको अनुवादमा लागिरहन कसरी प्रोत्साहित हुनुभयो ?
चीनमा क्रान्ति हुँदा एसियामा माओको धेरै प्रभाव परेको थियो । चीनको क्रान्तिको अनुभव सबै देशमा जानुपर्छ भनेर माओको पुस्तक धेरै भाषामा अनुवाद पनि भएको थियो । हिन्दीमा प्रकाशित माओको लेख संकलन गरिएको पुस्तक नेपालमा पनि धेरै नै प्रचारप्रसार थियो । त्यसले चीन भन्ने बितिक्कै माओ र चिनियाँ साहित्य पनि माओकै लेख रचना भनेर धेरैले बुझ्न थाले ।

चीनको इतिहासको गति यहाँमात्र रोकिएन । सन् १९५०–६० दशकपछि साहित्यको विकास निरन्तर भइरहेको थियो । त्यसपछि पनि चीनमा धेरै परिर्वतन भयो । चिनियाँ साहित्य हामीले बुझ्ने भाषामा पनि प्रकाशित भएन । यसले गर्दा चीनको आधुनिक साहित्य बुझाईमा कमी भयो ।

जबकी चिनियाँ साहित्यको निरन्तर विकास भइहरेको थियो । २१औं शताब्दीमा आर्थिक विकास तीव्र गतिले भएपछि यसको प्रचारप्रसार गर्नुपर्ने चेत चिनियाँहरुले महशुस गरे । म चिकित्सक भएर पनि नेपालीले चिनियाँ साहित्यबारे जानुन, बुझुनु भनेर अनुवाद कार्यमा लागेका हुँं ।

– अब अर्को योजना के छ ?
चीनको आधुनिक विकासलाई नेपालमा बुझाउने समाजको निरन्तर प्रयत्न रहने छ । त्यसैको प्रयास स्वरुप चीनको विकासलाई प्रतिविम्बित गर्ने वृतचित्रहरु क्रमशः नेपालीमा अनुवाद गरी प्रसारण गर्दै जाने लक्ष्य रहेको छ।

ओबीओआरबारे नेपालमा प्रचार चाहिनेभन्दा बढी नै भइरहेकोे चिनियाँहरुको विश्लेषण रहेको छ । त्यसैगरी चीनले रेल ल्याउने, चीनले यसो गर्ने, उसो गर्ने भनेर विषयलाई आफ्नो राजनीतिक स्वार्थअनुसार नेताहरुले प्रचारप्रसार गरिरहेको पाइएको छ । त्यसैले पनि यस विषयमा यथार्थभन्दा बढी भ्रम सिर्जन भएको छ ।

गत वर्ष बहुचर्चित ‘वन बेल्ट वन रोडको’ वृत्तचित्रलाई नेपालीमा अनुवाद गरेंँ । ६ भागको वृत्तचित्रलाई एक÷एक घण्टाको गरी छ घण्टाको बनायौं । त्यसलाई अहिले युटुयुबमा राखेका छौं । अहिले मेगा प्रोजेक्ट अफ चाइनाको अनुवाद गर्ने कार्य सकिएको छ । अब नेपालीमा डबिङ गरेर सार्वजनिक गर्नेछौं । यो टेलिभिजनमा पनि प्रसारण हुनेछ ।

– चीनबाट नेपालले मुख्य रुपमा के सिक्नुपर्दछ जस्तो यहाँलाई लाग्छ?
चीनले देशको गरिबी न्यँनीकरण कार्यलाई निकै प्राथमिकता दिँदै आएको छ । झण्डै १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा ७ करोड गरिबीको रेखामुनि रहेकोमा अहिले ३ करोडमा झारिसकेको छ ।

नेपालले यसबाट सिकेर गरिबी निवारणको लागि प्रयास गर्नुपर्दछ । प्रायः चीन भ्रमण गर्दा त्यहाँको सरकारले पनि अरनिको समाजलाई गरिबी निवारणको कार्यक्रममा जोड दिन आग्रह गर्ने गरेको छ, ३०÷४० पटक चीनको भ्रमण गरिसकेंँ । यही अनुभवलाई समेटिएर केही लेख्नुपर्ला जस्तो पनि लागिरहेको छ ।

मुख्य रुपमा नेपालले चीनको यान्त्रिक नक्कल गर्नुभन्दा पनि सोच, संस्कार कार्यशैली सिक्नुपर्दछ । चीनको रेल, प्रविधिको विकासलाई ठ्याक्कै नक्कल गर्न सकिँदैन । त्यहाँको विकासको गति र यहाँको विकास र अवस्था नै फरक छ । गरिबी निवारणको लागि हामीले के गर्न सक्दछौं ? मुख्य सवाल यही हो ।

– समाजले निःशुल्क औषधि वितरण कार्यक्रम गर्दै पनि आएको छ, कस्ताखाले औषधिलाई प्राथमिकतामा राख्नु भएको छ ?
समाजले हिमाली भेग, दुर्गम गाउँमा गएर स्वास्थ्य शिविर गर्दै आएका छौं । जहाँ सिटामोल, झाडापखालाको औषधि नपाएर अकालमै मृत्युवरण गर्नुपरेको छ, जहाँ औषधि किन्न एक दिन हिड्नु पर्छ, त्यस्ता गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं ।

कहिलेकाहीँ चिनियाँ चिकित्सकबाट पनि निःशुल्क स्वास्थ्य परीक्षण गराइएको छ । साधारण रोग, विशेष रोग दुवैबारे शिविर सञ्चालन भइरहेको छ । सामान्य परिवारलाई एक वर्षमा के कस्तो रोग लाग्दछ, लेखाजोखा गरेर निःशुल्क औषधि वितरण कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं ।

‘ओबीओआर’ चीनले अघि सारेको एउटा अवधारणा हो । यसमा दुईवटा पक्ष छन् । एउटा ओबी र अर्को ओआर । वन बेल्ट भनेको सिहनबाट शुरु भएर युरोपको रोमसम्म पुग्ने ‘सिल्क’ मार्ग हो । रोड भनेको च्वान्जोबाट दक्षिण एसियाको समुद्री भागबाट अफ्रिका हुँदै आधा युरोपसम्म पुग्ने ‘म्यारिटाइम रोड’ हो । यसमा सकेसम्म नेपालजस्तै नजिकका देश पनि समेटौं भन्ने हो, जबकी ओबीओआरमा नेपाल पर्दैन ।

ज्वरो, रुघाखोकी, सामान्य चोटपटक लाग्दा प्रयोग गर्ने गरी २३ किसिमका औषधि वितरण गर्दै आएका छौं । त्यसमा खाने, बाहिर प्रयोग गर्नेदेखि स्वास्थ्य सामग्रीसमेत रहेका छन् । यसलाई स्थानीयले राम्ररी लिएका छन् ।

पछिल्लो समयमा समाजले महिला संघसंस्थासँग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । संघले व्यक्तिको नाममा आएको औषधि पनि परेको बेलामा सबैलाई उपलब्ध गराई सहयोग गर्नुपर्छ भनेर चेतनामँलक कार्यक्रम गर्दै आइरहेको छ । यो चेतनामुलक कार्यक्रम र हाम्रो सहकार्यलाई सबैले प्रभावशाली मान्दै यसको प्रशंसा समेत हुने गरेको छ ।

– समाजले गर्दै आएको कार्यक्रमले दुवै देशमा कस्तो प्रभाव पारेको छ ?
नेपाल र चीनबीच विशेषतः जनस्तरको सम्बन्ध अझ आत्मीय बनाउने कार्य भएको छ । त्यसै गरी चीनको आधुनिक विकास, समृद्धिबारे बुझ्न सहयोग पु¥याएको छ ।

आपसी सहकार्य, समन्वयबाट दुई देशका जनताबीच लाभ लिने र दिने कार्यको प्रयास भएको छ । मुख्यतः हाम्रो क्रियाकलापबाट नेपाली समाजले चीनलाई बुभ्mन धेरै सहयोग गरेको जस्तो लाग्छ । यसलाई हामीले अहिलेको महत्वपँर्ण उपलब्धिका रुपमा लिएका छौं।

– चीनले अघि सारेको ‘वन बेल्ट वन रोड’बारे नेपालमा चर्चा धेरै, काम चाहिँ शँन्य भन्ने आरोप लागिरहन्छ, किन होला ?
‘ओबीओआर’ चीनले अघि सारेको एउटा अवधारणा हो । यसमा दुईवटा पक्ष छन् । एउटा ओबी र अर्को ओआर । वन बेल्ट भनेको सिहनबाट शुरु भएर युरोपको रोमसम्म पुग्ने ‘सिल्क’ मार्ग हो ।

रोड भनेको च्वान्जोबाट दक्षिण एसियाको समुद्री भागबाट अफ्रिका हुँदै आधा युरोपसम्म पुग्ने ‘म्यारिटाइम रोड’ हो । यसमा सकेसम्म नेपालजस्तै नजिकका देश पनि समेटौं भन्ने हो, जबकी ओबीओआरमा नेपाल पर्दैन । यसको विस्तृत अर्थ भनेको चीनको आर्थिक विकासलाई दु्रत गतिमा अघि बढाउनु नै हो । यस्तो अवस्थामा चीनले हामीसँग पनि सहकार्य गरेर अघि बढौं भनेको हो, ताकि दुवै पक्षलाई फाइदा पुगोस्।


चीनले ठूला–ठूला राजमार्ग, बन्दरगाह, थमल प्लान्ट बनाइरहेको छ । यस्तो अवस्थामा नेपालले पनि आफ्नो देशको विशिष्टताअनुसार, परिस्थिति मिल्ने योजना ल्याएर नेपालले लाभ लिनु भनेर चीनले भनेको हो । अतः ओबीओआर भनेको चीनले दिने र नेपालले लिने एकतर्फी आर्थिक, भौतिक सहयोगभन्दा पनि सहकार्य गरेर अघि बढौं भन्ने कुरा बुभ्mनुपर्छ ।

चीनको आर्थिक विकासबाट नेपालले विशेष परियोजना बनाएर फाइदा लिओस् भन्ने चीनको सदाशयता हो । सो प्रस्ताव कार्यान्वयन भएको तीन वर्ष पुगिसकेको छ । नेपालले केही त्यस्तो सहकार्य अघि सार्न सकेको छैन । ओबीओआरलाई सरकार, राजनीतिक दल र हाम्रा नेताले चीनले दिने सहयोगको रुपमा बुझेको जस्तो छ । ओबीओआरबारे नेपालमा प्रचार चाहिनेभन्दा बढी नै भइरहेकोे चिनियाँहरुको विश्लेषण रहेको छ ।

त्यसैगरी चीनले रेल ल्याउने, चीनले यसो गर्ने, उसो गर्ने भनेर विषयलाई आफ्नो राजनीतिक स्वार्थअनुसार नेताहरुले प्रचारप्रसार गरिरहेको पाइएको छ । त्यसैले पनि यस विषयमा यथार्थभन्दा बढी भ्रम सिर्जन भएको छ ।

– तीव्र गतिले विकास गरिरहेको चीनले त्यहाँको संस्कृति, साहित्यलाई चाहिंँ जोगाउन सकेको छ त ?

चीनले त्यहाँको कला, संस्कृतिको संरक्षणमा उत्तिकै प्राथमिकता दिएको छ। संस्कृतिसम्बन्धी यहाँ पनि थुप्रै कार्यक्रम भइरहेका हुन्छन् । चीनमा हरेक गाउँका लोककथा, लोक गीत संकलन गरेर लोक साहित्यका ठूला–ठूला ग्रन्थ निकालिएको छ । उदाहरणका लागि तिब्बतमा ‘गेसाबलिङ’ भन्ने ठँलो महाकाब्य रहेको छ । कसैले लेखेको त्यो महाकाब्यका श्लोकहरु गाउँदै गएपछि त्यसमा अनेक गीत थपिएर चार लाख श्लोकको महाकाब्य नै बन्न पुगेको छ ।

महाभारतमा एक लाख श्लोकको छ भने मानौं यो त त्यो भन्दा पनि चार गुणा ठूलोे महाकाब्य बनेको छ । चीन सरकारले लोक साहित्य, लोकगीत संकलनको एउटा परियोजना तयार ग¥यो । हरेक गाउँ–गाउँ पुगेर लोककथा र गीत गाउने संकलन गर्न थाले । त्यसरी संकलन गरी ठूलो–ठूलो ग्रन्थ तयार भयो । अहिलेको आधुनिकता, सञ्चारको युगले लोप हुन लागेका त्यस्ता संस्कृति, साहित्य जोगाउन चीनले गरेको कार्य नेपालका लागि अनुकरणीय रहेको छ । ती कार्य अहिले नेपालमा गर्न सकेन भने त्यस्ता ज्ञान, साहित्य हराउने निश्चित छ ।

नेपालमा पनि पुरानो पेशा, व्यवसाय र प्रविधि लोप हुँदै गएको छ । बढ्दो प्लास्टिकका भाँडाकुँडाको प्रयोगले माटो, तामाका भाँडा बनाउने प्रणाली लोप हुँदै गएको छ, त्यसको अभिलेखीकरण गर्नु आवश्यक रहेको छ । चीनमा पनि अर्मँत संस्कृतिको क्षेत्रलाई विशेष घोषणा गरेर बचाइराखेको, संस्कृति संरक्षण गर्ने गुठीयारहरुलाई विशेष भत्ता दिने व्यवस्था गरेको छ । यसबाट नेपालले थप पाठ सिक्नुपर्छ ।

नेपालमा पनि मँर्ति कला, काष्ठकला, प्रस्तरकलाहरु छन् । तिनीहरु कतिपय लोप हुने क्रममा छन् । त्यसको जर्गेनाका लागि चीनमा गरेको प्रयासबाट हामीले धेरै कुरा सिक्न सक्छौं र सिक्नुपर्छ पनि ।

 

प्रतिक्रिया दिनुहोस्