धर्म गुरु भनिएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप



काठमाडौँ ।
धर्म गुरु भनिएका रामबहादुर बम्जनमाथि बलात्कारको संघिन आरोप लागेको छ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका बम्जनमाथी एक किशोरी माथि बलत्कार गरेको आरोप लागेको हो ।

१८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक–पटक बलात्कार गरेको बताएकी हुन् । ती पिडीत भनिएकी किशोरीले २ वर्ष पहिले आफूलाई बम्जनले पटकपटक बलात्कार गरेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसंग भन्नुभयो – ‘रामबहादुर बम्जनले २०७३ साउन २० गते बलत्कार गर्नुभएको हो ।

पिडित भएर तपाइहरु माझ आएको हुँ । आफुले प्रहरी कहाँ उजुरी गर्न नसकेको बताउनुभएको छ । घटना बाहीर ल्याउँदा धम्की आउने डरले आफु सहेर बसीरहेको उहाँको भनाई छ । आफु आत्महत्या गर्ने अबस्थामा पुगेको भन्दै अरु कसैले मलाई बचाएको ती किशोरीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्