अमेरिकी पुर्वी तटिय इलाका शक्तिशाली सामुद्रिक आँधी फ्लोरेन्सको वितन्डा



वासिङटन (एजेन्सी)
अमेरिकाको पुर्वीतट नजिक पुगेको सामुद्रिक आँधी फ्लोरेन्सले धरैको ज्यान लिन सक्ने अमेरिकी अधिकारीहरुले चेतावनी दिएका छन् ।
संघिय आपतकालिन ब्यवस्थापन निकाय (फेमा)का वरिष्ठ अधिकारीले सामुद्रिक आँधीका कारण तटिय इलाकामा ठुलो बाढी आउन सक्ने बताए । प्mलोरेन्स आँधीको बेग १ सय ६५ किलोमिटर प्रति घण्टा बताइएको छ । यो गतिको हुरीका कारण नै खतरा बनेको लोंगले बताए । भर्जिनिया र क्यारालाइनामा इन्चमा नभएर फिटमा बर्षा हुने उनले बताए ।

सामुद्रिक आँधीको हावा बेग पहिलाको भन्दा कम भएपनि यसका कारण भिषण बर्षामा कुनै कमी नहुने उनले चेतावनी दिए । ‘समय गुज्रिसकेको र समुद्रको पानीको स्तर धेरै माथि उठ्ने छ ‘ उनले बताए ।

मौसम विभागका वैज्ञानिकहरुले फ्लोरेन्सको पुर्ण असर शुक्रबार स्थानिय समय विहान ८ बजेबाट देखिने अनुमान गरेका छन्।
नेसनल हरीकेन सेन्टरले ताजा जानकारी दिँदै प्mलोरेन्स स्तर २ को चक्रवाट हुन सक्ने जनाएको छ । यस क्रममा १ सय ५५ किलोमिटर प्रतिघण्टाको बेगमा हुरी चल्ने छ । नर्थ क्यारोलिनामा तिब्र बेगमा हुरी चलेको र सडक पानीले भरिएका छन् ।

प्mलोरेन्समा तिब्र हावाका कारण १ लाख ३० हजार भन्दा धेरै घरमा विजुली आपुर्ति बन्द भएको छ । यो विपत्तीका कारण क्यारोलाइनामा अक्टोबरसम्म विजुली बन्द रहन सक्ने नर्थ क्यारोलाइनाका अमेरिकी प्रतिनिधिले फक्स न्युजलाई बताए ।
राष्ट्रिय मौसम विभागले उत्तरी क्यारोलाइना तटको विभिन्न क्षेत्रमा विध्वंश मच्चाउन सक्ने चेतावनी जारी गरेको छ । नागरिकलाई आफनो घरको भुमिगत वा भित्री कोठामा सुरक्षित बस्न सल्लाह दिइएको छ ।

ठुलो नोक्सान पुर्याउन सक्ने आसंकालाई ध्यानमा राखि नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना र भर्जिनियाको तटिय इलाकाबाट करिब १७ लाख नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन आदेश दिएको छ ।
सामुद्रिक आँधीका कारण १ हजार ४ सय भन्दा बढी उडान रद्द गरिएको छ । तटिय इलाकाका धेरैजसो विमानस्थल बन्द गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्