स्मार्टफोनमा चलाउन सकिने अल्ट्रासाउन्ड



टोरोन्टो (एजेन्सी)
युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया (युबीसी)का इन्जिनियरहरुले नयाँ अल्ट्रासाउन्ड ट्रान्सडुसर अर्थात प्रोबको विकास गरेको छ । यो बैन्ड एड भन्दा सानो छ । यो बोक्न तथा सरीरमा लगाउन मिल्ने र यसलाई स्मार्टफोनमा पनि चलाउन सकिने बताइएकोछ ।

यो अल्ट्रासाउन्ड स्क्यानरको लागत मुल्य चमत्कारिक रुपमा कम गर्न सक्ने र यो १ सय डलर सम्म हुन सक्ने बताइएको छ । परम्परागत अल्ट्रासाउन्ड स्क्यानर्स पाइजाइलेक्ट्रिक क्रिस्टल्सले सरीर भित्रको तस्वीर लिने गर्छ र त्यसलाई सोनाग्राम बनाउन कम्प्युटरमा पठाउने गर्छ । अनुसन्धानकर्ताहरुले पाइजाइलेक्ट्रिक क्रिस्टल्सलाई पोलिमर रेसिनबाट बनेको सानो भाइब्रेटिंग ड्रम्समा परिणत गर्छ , जसको उत्पादन सस्तो हुन्छ ।

सोध प्रमुख तथा युबीसीका विद्यावारिधी छात्र कार्लोस गेर्राडोले भने, ‘ट्रान्सडुसर ड्रम्स सामान्यत कडा सिलिकन सामाग्रीले बनाइएको हुन्छ, जसको लागि महँगो पर्यावरण नियन्त्रित विनिर्माण प्रक्रियाको आवश्यक हुन्छ । यसले अल्ट्रासाउन्डमा यसको उपयोगनमा बाधा आउने गर्छ ।
सोधका सह लेखक तथा कम्प्युटर इन्जिनियरिंगका प्रोफेसर एडमन्ड क्रेटुले नयाँ संयन्त्रद्वारा निकालिएको सोनाग्राम परम्परागत यन्त्रको जस्तै वा त्यो भन्दा स्पष्ट हुने बताए ।

उनले भने– हाम्रो ट्रान्सडुसर चलाउन मात्र १० भोल्ट विजुली भए पुग्छ । त्यसैले यसलाई स्माटफोनबाट पनि चलाउन सक्छ । त्यसैले विजुली नपुगेको दुर्गम इलाकाका लागि यो उपकरण अत्यन्त उपयोगी सावित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्