अमेरिका: आलोचकद्वारा राजिनामा



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पलाई देशका लागि ‘लज्जास्पद ब्यक्ती ‘ बताउने वरिष्ठ पुर्व एडमिरलले रक्षा मन्त्रालय सल्लाहकार निकायबाट राजिनामा दिएका छन् । एडमिरल विलियम म्याकरावेनले गत महिना डिफेन्स इनोभेसन बोर्डबाट राजिनामा दिएको पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मिसेल बल्डान्जले जानकारी दिए । म्याकरावेनले सन् २०१४ मा पाकिस्तानमा विशेष अभियान सन्चालन गरि अलकायदा नेता ओसामा बिन लादेनलाई मार्ने विशेष फोर्सको नेतृत्व गरेका थिए । उनले राजिनामा पत्रमा राष्टपति माथि मुलुकमा विभाजन ल्याएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्