अमेरिका: कडा कारवाहीको चेतावनी



वासिङटन (एजेन्सी)
अमेरिकाद्वारा इरान विरुद्ध लगाएको प्रतिबन्ध पालना नगर्ने देश र संस्थान माथि ‘कडा भन्दा कडा कारवाही‘ गर्ने चेतावनी दिएको छ । उक्त प्रतिबन्धमा इरानबाट कच्चा तेल आयातलाई घटाएर सुन्य गर्नु पर्ने उल्लेख छ । आर्थिक मामिलाका सहायक विदेशमन्त्री भारतिय मुलकी मनिषा सिंहले विहिबार सांसदहरुलाई भने, ‘ इरानमाथि अमेरिकी प्रतिबन्धको पालना गर्नमा हामीलाई सहयोग नगर्नेहरुमाथि हामी कडा कारवाही गर्न तयार छौं । ‘ अमेरिकाले इरान परमाणु सम्झौताबाट आफुलाई अलग बनाएपछि इरानमाथि नयाँ सिराबाट प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्