सेरेनाको कार्टून विवादलाई नकारियो



सिड्नी, (एजेन्सी)
भर्खरै सम्पन्न यूएस ओपनको फाइनलमा सेरेना विलियम्सले गरेको ब्यवहारलाई इंगित गर्दै अस्ट्रेलियाको अखबार ’हेराल्ड सन’ मा छापिएको कार्टून विवादलाई नकारिएको छ ।

 

सो कार्टूनका कारण विश्वभर भईरहेको आलोचना र जातिवाद तथा लिंगभेदी आरोपहरुलाई अखबारले नकार्दै बुधबार दोस्रो पटक फेरि मुख्य पृष्ठमा विवादास्पद कार्टून छापेका छन् । जसमा मार्क नाइटले यूएस ओपनमा सेरेना र चेयर अम्पायरबीच भएको बहसलाई इंगित गर्दै कार्टून बनाएका थिए । त्यसअघि सोमवार सेरेनाको पहिलो कार्टून छापेपछि नाइटको धेरै आलोचना भएको थियो ।

क्यारीकेचरमा सेरेनासहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन्गको प्रकाशित भइसकेको कार्टून पनि छापिएको थियो । यो माध्यमबाट अखबारले फ्री–स्पीचलाई रोक्ने प्रयासलाई दर्शाएको खोजेको छ ।

सम्पादकले गरे बचाउ
सेरेनाको कार्टून विवादको बचाउ गर्दै सम्पादकले अखबारको मुख्य पृष्ठमा छोटो सम्पादकीय लेखेका छन् । जसमा यस्तो लेखिएको छ,–“यदि मार्क नाइटको स्वविवेकले सेरेना विलियम्सको कार्टून नबनाएको भए हाम्रो नयाँ राजनीतिक जीवन धेरै सुस्त हुन्छ ।“ ’हेराल्ड सन’ का सम्पादक डेमन जोन्टनले आफै ट्वीट पनि गर्दै नाइटको बचाउ गरेका छन् । जसमा उनले नाइटको कार्टूनलाई कुनै प्रकारले पनि लिंगभेदी वा जातीवादी भन्न नमिल्ने कुरा लेखेका छन् । डेमनले लेखे,–“नाइटले एक स्टार खेलाडीको खराब ब्यवहारलाई सही तरीकाले प्रस्तुत गरेका छन् । कार्टून जातीवाद वा लिंगभेदी छैन । उनलाई हामी सबैको समर्थन छ ।“

फाइनलमा भएको विवाद
सेरेना यूएस ओपनअन्तर्गत महिला एकलको फाइनलमा जापानकी नाओमी ओसाकासँग हारेका थिए । सेरेनाले म्याच दौरान चेयर अम्पायरमाथि महिला खेलाडीहरुसँग भेदभाव गरेको आरोप लगाएका थिए । त्यसपछि अस्ट्रेलियाली कार्टूनिस्ट मार्क नाइटले कार्टून बनाएका हुन् । ’हेराल्ड सन’ मा छापिएको कार्टूनमा सेरेनाले ¥याकेट भाच्दै गरेको र चेयर अम्पायरले सेरेनालाई जित्न दिन सक्छौ भनेर ओसकालाई भन्दै गरेको कुरा लेखेका थिए ।

२२ हजारभन्दा बढीको ट्वीट
उक्त कार्टूनलाई लिएर तीखो प्रतिक्रिया आएको छ । नाइटलाई जातिवाद र लिंगभेदी भएको आरोप लगाईएको छ । नाइटको कार्टून विषयलाई लिएर ट्विटरमा २२ हजारभन्दा अधिकले कमेन्ट गरेका छन् । बढीजसोले उनको आलोचना गरेका छन् । ह्यारी पोटर सिरीजकी लेखिका जेके रोलिंगले लेखेका छन,–“तपाईले महान् खेल महिलामध्येकी एकलाई गिरेको र गलत ढंगले दर्शाउनु भयो ।“

जसको जवाफमा नाइटले रिट्वीट गर्दै यस्तो लेखेका छन्–“मेरा सोचाइ खराब व्यवहारलाई देखाउनु थियो, न कि महिलालाई गिराउनु ।“ केहि मान्छेले कार्टूनमा ओसाकालाई सुनौलो कपाल भएकी श्वेत महिलाको रुपमा देखाएकाले आपत्ति समेत जनाएका छन् । ओसाकाकी आमा जापानी र पिता हाइटी मूलका हुन् । सेरेनालाई कोड उल्लंघन र ¥याकेट बजार्नुका कारण पेनाल्टी प्वाइन्ट र अम्पायरलाई चोर भनेका कारण चेयर अम्पायर कार्लोसले गेम पेनाल्टी लगाएको थियो ।

नाभ्रातिलोभाले भेदभावको कुरा स्वीकारीन्
पूर्व टेनिस स्टार र १८ ग्रान्ड स्लाम विजेता मार्टिना नाभ्रातिलोभाले यूएस ओपनको फाइनलमा सेरेना विलियम्सको हर्कतलाई गलत बताएकी छन् । तर टेनिसमा महिला र पुरुष खेलाडीबीच भने भेदभाव हुने गरेको कुरालाई उनले स्वीकारिन् । न्यूयोर्क टाइम्सको एउटा लेखमा उनले यस्तो लेखेकी हुन्,–“गलत काम गरेपछि हामी बच्न सक्दैनौ भनेर हामी आफैले आंकलन गर्नुपर्छ । मेरो विचारमा यदि पुरुष खेलाडीले पनि त्यस्तै ब्यवहार गरेको भए उनीहरु पनि गलत नै हुन्थे ।”

 

प्रतिक्रिया दिनुहोस्