वक्तृत्वकलामा पामिरकी खराल प्रथम



यमलाल भुसाल, बुटवल ।
तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा पामिर इङलिश बोर्डिङ स्कुलकी छात्रा प्रतीक्षा खराल प्रथम भएकी छन् । ३३ विद्यालयका प्रतिष्पर्धीलाई पछि पार्दै पामिरकी कक्षा ९ मा अध्ययनरत प्रतीक्षा प्रथम हुन सफल भएकी हुन् ।

उनले नगद १० हजारका साथमा प्रमाणपत्र प्राप्त गरिन् । उनी गतसाता रेडक्रसले आयोजना गरेको वक्तृत्वकलामा पनि प्रथम भएकी थिइन् । त्यसैगरी नगरस्तरीय वक्तृत्वकलामा जनजागृती माविकी स्नेहा पौडेलले द्वितीय स्थान हासिल गरेकी छन् । त्यस्तै शान्ति नमूनाकी दीपा पाण्डे तृतीय र प्यारामाउन्ट माविका सौरभ पौडेल सान्त्वना भएका छन् । नगरपालिकाले “ग्रिन तिलोत्तमाः क्लिन तिलोत्तमा” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुरस्कार प्रदान गरेका थिए । तिलोत्तमा नगरपालिकाले शुक्रबार आयोजना गरेको बाल दिवस मूल समारोहका अवसरमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम नगर उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्