स्यार्पु पर्यटन महोत्सवका लागि विभिन्न समिती गठन



धनवीर दाहाल, रुकुम ।
आगामी असोज ११ देखी १५ सम्म हुन गइरहेको स्यार्पु पर्यटन महोत्सव सफल बनाउनका लागी बिभिन्न समिती तथा उपसमितीहरु गठन गरिएको छ । बाफिकोट गाँउ कार्यपालिकाको बैठकबाट महोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रम पक्का गरिनुका साथै पुरस्कार पनि तोकिएको छ ।

शुक्रबार बसेको गाँउ कार्यपालिकाको बैठकले महोत्सवमा खुला महिला तथा पुरुष भलिवल आयोजना गर्ने निर्णय गरेको छ । जसमा प्रथम हुने समुहले नगद ५० हजारको साथमा मेडल र प्रमाण पत्र, दोस्रो हुने समुहले नगद ३५ हजारको साथमा मेडल र प्रमाण पत्र, तेस्रो हुने समूहले नगद २० हजारको साथमा मेडल र प्रमाण पत्र हात पार्ने छ । यसैगरी सान्त्वना हुने समूहलाई दश हजार नगद पुरस्कार दिइने गाउपालिका प्रवक्ता मनबहादुर केसीले जानकारी दिए । प्रवक्ता केसीका अनुसार अनुशासित समूहलाई नगद ५ हजार र उत्कृष्ठ खेलाडीलाई नगद २ हजार पुरस्कार दिइने छ । महिला पुरुष दुवै भलिवलको पुरस्कारको राशि समान रहेको छ । बाफिकोट गाउपालिका ३ र ५ नम्वर वडामा फैलिएको स्यार्पूताल छेउमै हुने महोत्सवमा पञ्चेबाजाको पनि प्रतिसप्रधा गराइने छ ।

पञ्चेबजामा प्रमथले १५, दोस्रोले १२ र तेस्रो हुनेले ८ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी सिारु नाचमा प्रथम आउनेलाई दश, दोस्रोलाई ७, तेस्रोलाई ५ र सान्त्वना हुनेलाई २ हजार रुपैया नगद दिइने जनाइएको छ । महोत्सवमा झाक्री नाच पनि देखाइने छ । त्यसमा सहभागि प्रत्येक व्यक्तिलाई एक हजार पाच सयका दरले पुरस्कार दिने निर्णय गाउ कार्यपालिकाले गरेको छ । यसको साथै अन्य विभिन्न कामकाज र व्यवस्थापनका लागि समिति बनाइएको छ ।

महोत्सवका लागि बाकी कार्यक्रमहरु पनि तय गरिने महोत्सव मुल आयोजक समितिका संयोजक तथा गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । महोत्सव मुल आयोजक समितिको सहसंयोजकमा उपाध्यक्षमा मनकला पुन र सचिवमा ३ नम्वर वडा अध्यक्ष चन्द्रबहादुर केसीलाई चयन गरिएको छ । महोत्सव सफल तथा व्यवस्थित बनाउन अन्य समितिहरु पनि बनाइएको छ । उपाध्यक्ष तथा महोत्सव आयोजक समितिका सहसंयोजक मनकला पुनको संयोजकत्वमा अतिथि सत्कार समिति, कार्यपालिका सदस्य शेरु विकको संयोजकत्वमा सडक मर्मत तथा सरसफाई समिति, १ नम्वर वडाअध्यक्ष हर्कु मल्लको संयोजकतामा पञ्चे बाजा तथा सिारु नाच व्यवस्थापन समिति, ६ नम्वर वडा अध्यक्ष मनोजकुमार अधिकारीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, ९ नम्वर वडा अध्यक्ष कविराम खत्रीको संयोजकत्वमा होटेल तथा आवास व्यवस्थापन समिति र ८ नम्वर वडा अध्यक्ष तथा प्रवक्ता मनबहादुर केसीको संयोजकत्वमा खेलकुद समिति बनाइएको छ ।

यसैबीच कार्यपालिकाको बैठकले वडा स्तरको घरधुरी सर्भेक्षण तथ्या संकलन गर्ने प्रोफाइल तयार गर्ने निर्णय गरेको छ । यसैगरी जिल्लाको दररेटको आधारमा स्थानीय दररे कायम गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ

 

प्रतिक्रिया दिनुहोस्